नेपाली काँग्रेसको १४औं महाधिवेशन भदौ ७ देखि १० सम्म

नेपाली काँग्रेसको १४औं महाधिवेशन भदौ ७ देखि १० सम्म तरुण खबर ६ फाल्गुन २०७७, बिहीबार ११:५३
नेपाली काँग्रेसको १४औं महाधिवेशन भदौ ७ देखि १० सम्म

के छ पौडलको फरक मतमा ?

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा २०७८ भदौमा १४ औं महधिवेशन गर्ने प्रस्ताव पेस भएको छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले आगामी भदौ ७ गते देखि १० गते सम्म केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव केन्द्रीय कार्यसमितिमा पेस गरेका थिए । २०७८ भदौ ७, ८, ९ र १० गते केन्द्रीय महाधिवेसन काठमाडौंमा गर्ने प्रस्ताव पेस भएको थियो ।

पार्टीको विधान अनुसार थपिएको १ बर्ष सहित ५ बर्ष भित्रमा पनि कोरोना भाइरसको महामारीका कारण महाअधिवेशन सम्पन्न हुन नसकेपछि पार्टीको कार्यकाल ६ महिना थप गरिने भएको छ । संविधानको राजनीतिक दलसम्बन्धी प्रावधान रहेको धारा २६९ को उपधारा ४ (ख) मा टेकेर अब थप ६ महिना लम्ब्याउने निक्र्याेलमा कांग्रेस पुगेको विश्लेष गर्न थालिएको छ ।  उक्त धारामा राजनीतिक दलले प्रत्येक पाँच वर्षभित्र महाधिवेशन गरिसक्नुपर्ने अनि कारणवश नसकिएमा छ महिना थप्न सकिने उल्लेख छ ।

यसअघि गत बर्षको बैठकले पार्टीको महाधिवेशन भोली फाल्गुन ७ गते शुक्रबारदेखि १० गतेसम्म गर्ने प्रस्ताव गरेको थियो । तर, क्रियाशी, सदस्यता वितरण तथा नबिकरणको बिषय नै टुंगो नलागेपछि महाधिवेशन पूर्वनिर्धारित समयमा असम्भव भएको थियो । त्यसैले नयाँ कार्यतालिका बनाइएको हो । जसअनुसार गाउँ–नगरको वडा अधिवेशन असार २० गते, गाउँ नगरपालिकाको अधिवेशन असार २२ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन असार २५ गते, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा असार २७ गते, एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा असार ३० गते र प्रदेश अधिवेशन साउन ६ गते गर्ने प्रस्ताव पनि केन्द्रीय कार्यसमितिमा पेस भएको थियो ।

तर बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले फरक मत राखेका थिए । उनले उक्त मितिलाई परिमार्जनसहित अगाडि सार्नुपर्ने बताएका थिए । बैठकमा उनले प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा आन्दोनमा जानु पर्ने बताएका थिए । प्रदेशका मुख्यमन्त्री विरुद्ध आएको अविश्वास प्रस्तावको पक्षमा काँग्रेसले मतदान गर्नु पर्ने र संवैधानिक निकायमा भएका नियुक्तिको खारेजी गर्नुपर्ने अडान लिएका थिए । उनको प्रश्तावमा सहमति हुने सम्भावना छैन ।

यता, प्रधानमन्त्री केपी शर्मा ओलीले पौष ५ गते प्रतिनिधिसभा विघटन गरेर वैशाखमा ताजा निर्वाचनको घोषणा गरेसँगै नेपाली कांग्रेस फेरि राष्ट्रिय राजनीतिमा कतिपय अर्थमा निर्णायक तहमा पुग्दै गरेको विश्लषणले पनि काँग्रेसका नताहरुलाई उत्साहित बनाएको छ । सर्वोच्च अदालतले प्रधानमन्त्रीको कदम सदर गरेपनि बदर गरेपनि कांग्रेसको भूमिका बढ्न सक्ने आकलनका कारण नेताहरुले मेहनत नगरि आएको फलमा आँखा गाढेका छन् । तर त्यो उपलब्धी धेरै दिन नटिक्ने राजनीतिज्ञहरुले बताएका छन् ।