तरुण खबर
१० फाल्गुन २०७७, सोमबार १२:०६
काठमाडौं । लक्ष्मी बैंकले स्मार्टफोन लोन सेवा गरेको छ । बैंकले एफ्वान सफ्टसँगको सहकार्यमा यो सेवा सुरु गरेको हो । स्मार्ट फोन लोन एक कर्जा रुपी सेवा हो । यो सेवा ग्राहकहरुले लक्ष्मी बैंकको मोबाईल मनी एपबाटै लिन सक्ने छन् । योग्य ग्राहकहरुले यो सेवा अधिकतम २ लाख रुपैयाँसम्म कर्जा लिन सक्नेछन् । कर्जाको मात्रा ग्राहकको खातामा भएको कारोबारको आधारमा तोकिने छ ।
यसको गणना एपको एनलाइटिक्स सफ्टवेरले गर्नेछ । हालका लागि यो सेवा बैंकमा तलब तथा बचत खाता हुने ग्राहकहरुका लागि हुनेछ । यो सेवा विस्तारै अन्य ग्राहकहरुका लागि उपलब्ध गराउदैँ लगिने पनि जारी विज्ञप्तिमा उल्लेख छ । बैंकले आफ्ना सेवाहरुलाई डिजिटलमैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले नयाँ सेवा संचालनमा ल्याएको हो ।
यो कर्जा पुरै डिजिटल मैत्री भएकाले कुनै कागजपत्र तथा निवेदन बिना नै लिन सकिन्छ । यसमा पूर्व स्वीकृती हुने हुँदा धितोबिना प्रदान गरिनेछ । सो कर्जा अधिकतम ३० दिनको अवधिका लागि प्रदान गरिनेछ भने कर्जा उपलब्ध हुने बित्तिकै कर्जा रकम ग्राहकको खातामा जम्मा हुने व्यवस्था रहेको पनि बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


