अमेरिकामा २ करोड ८८ लाख २६ हजारभन्दा बढी संक्रमित

अमेरिकामा २ करोड ८८ लाख २६ हजारभन्दा बढी संक्रमित तरुण खबर ११ फाल्गुन २०७७, मंगलवार १२:२७
अमेरिकामा २ करोड ८८ लाख २६ हजारभन्दा बढी संक्रमित

अमेरिकामा २२,फेब्रुअरीमा करिब १७ लाख ३३ हजारको परीक्षण, ५९ हजार संक्रमित

काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टा (२२,फेब्रुअरी) मा १७ लाख ३३ हजार ८९ जनाको नमुना परीक्षण गर्दा ५९ हजार २५७ कोरोना भाइरसका संक्रमित थपिएका छन् । २१ फेब्रुअरीमा ११ लाख ४४ हजार ४३६ जनाको नमुना परीक्षण गर्दा ५८ हजार ४२३ कोरोना भाइरसका संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टा (२२, फेब्रुअरी) मा १३ सय ७४ जनाको संक्रमणबाट मृत्यु भएको छ । २१ फेब्रुअरीमा १२ सय ४४ जना कोरोना भाइरसको संक्रमणबाट मृत्य भएको थियो ।

वर्डमिटर्सका अनुसार अमेरिकामा नेपाली समय अनुसार फागुन ११ गते मंगलबार बिहान ७.३० बजेसम्ममा २ करोड ८८ लाख २६ हजार ३०७ जना कोरोना भाइरसका संक्रमित पुगेका छन् । कुल संक्रमितमध्ये मंगलबार बिहान ७.३० बजेसम्ममा १ करोड ९१ लाख १४ हजार १४० जनालाई  कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार फागुन ११ गते विहान ७.३० बजेसम्ममा अमेरिकामा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ९१ लाख ९९ हजार ५ सय ७७ जना छन् ।

नेपाली समय अनुसार फागुन ११ गते मंगलबार बिहान ७.३० बजेसम्ममा अमेरिकाले  ३४ करोड ९८ लाख २९ हजार २८८ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १८ लाख १२ हजार १५७ जनामध्ये करीब १ करोड ८० लाख १७ हजार १३१ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा बढीको परीक्षण गरिसकेको छ । विश्वमै कुल जनसंख्या भन्दा बढीको कोरोना भाइरसको परीक्षण गर्ने एक मात्र मुलुक अमेरिका भएको छ । अमेरिकामा कोरोनाको संक्रमणबाट फागुन ११ गते मंगलबार बिहान ७.३० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ५ लाख १२ हजार ५ सय ९० जनाको  मृत्यु भैसकेको छ ।

फागुन ११ गते बिहान ७.३० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या ११ करोड २२ लाख ५६ हजार १८८ छ । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या २४ लाख ८४ हजार ८६२ जना छन् ।