तरुण खबर
१४ फाल्गुन २०७७, शुक्रबार १२:००
काठमाडौं । पूर्वी लद्दाखका भारत–चीनबीच कुराकानी भएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले चीन–भारतबीच सैनिक पछि हटने समझौतामा सहमति भएको बताएका छन् । भारत र पाकिस्तानबीच पनि नियन्त्रण रेखामा सीजफायर गर्ने सम्झौताको पालनाको सहमती भएको छ । बुधवार राती यो सहमति भएको हो । भारत पाकिस्तानले आगामी यात्रा सामान्य बनाउन चाहेका छन् ।
भारतले पाकिस्तानसँग सामान्य छिमेकीको सम्बन्ध राख्न चाहेको छ । भारतीय विदेश मन्त्री सुब्रमण्यम एस जयशंकर र चीनका विदेश मन्त्री वाङ्ग यीबीच लद्दाखबाट सेना फिर्ता लाने विषयमा सहमति भएको थियो । गत वर्ष भारत–चीनको युद्ध हुँदा चीनतर्फका ४ जना सेना मारिएका थिए भने भारतको २० जना सैनिक मारिएका थिए । भारतले आपूmतर्फ क्षति भएको विवरण तत्कालै सार्वजनिक गरेको थियो ।
चीन–भारतको सीमाक्षेत्र लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी)मा जारी तनाव कम गर्न दुई देशबीच पाँच बुँदे सहमति भएको थियो । चिनियाँ विदेशमन्त्री वाङ यी र उनका भारतीय समकक्षी एस जयशंकरबीच गत भदौमै रूसको राजधानी मस्कोमा भएको बैठकमा यो सहमति भएको हो । भारतीय समाचार एजेन्सी एएनआईले चिनियाँ विदेश मन्त्रालयको हवाला दिँदै सहमति भएको उल्लेख गरेको थियो । दुबै देशका मन्त्रीहरू मस्कोमा चलिरहेको सांघाई कर्पोरेशन अर्गनाइजेसनको बैठकमा भाग लिन त्यहाँ पुगेका थिए ।
यता, नेपालको प्रतिनिधिसभा विघटनको मुद्दालाई बदर गर्ने सर्वोच्च अदालतको फैसलापछि उत्पन्न परिस्थितिलाई भारतले नेपालको आन्तरिक मामिला भएको प्रतिक्रिया दिएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नियमित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नमा सो प्रतिक्रिया दिएका हुन् ।


