तरुण खबर
१६ फाल्गुन २०७७, आईतवार १४:३०
कुल संक्रमितमध्ये आइतबार बिहानसम्ममा ७ हजार ८ सय ७ को मृत्यु
काठमाडौं । विश्वका अन्य कुनै पनि स्थानको तुलनामा जापानमा आत्महत्याका विवरणहरू चाँडै र निकै सटिक रूपमा बाहिर आउँने गरेका छन् । अन्य धेरै देशभन्दा फरक ढङ्गले जापानमा हरेक महिना यसको तथ्याङ्क एकीकृत गरिन्छ । कोरोनाभाइरस महामारीका बेला बाहिर आएका आत्महत्याका विवरणहरू बेचैन पार्ने खालका छन् । विज्ञहरूले कोरोना महामारीले मानिसमा अझ बढी मानसिक संकट निम्त्याउन सक्ने चेतावनी दिइरहेका थिए । ठूलो संख्यामा बेरोजगारी, सामाजिक दूरी, चिन्ताजस्ता कारणले गर्दा यो संख्या पछिल्लो समयमै निकै ठूलो अन्तरले अघि बढ्दै गएको छ ।
संक्रमणबाट वर्षभरी मरेका भन्दा एक महिनामै आत्महत्य गर्ने बढी
१२ करोड ६२ लाख १९ हजार ९५२ जनसंख्या भएको जापान सरकारको तथ्यांकअनुसार कोरोना भाइरस महामारीले यो वर्षभरिमा मृत्यु भएकोभन्दा पनि बढी जापानीले गत अक्टोबर महिनामा मात्रै आत्महत्याबाट ज्यान गुमाएका छन् । जापानको नेसनल पोलिस एजेन्सीका अनुसार अक्टोबर महिनामा आत्महत्या गर्नेको संख्या दुई हजार एक सय ५३ छ । जापानको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार कोरोना भाइरस संक्रमणले फागुन १६ गते बिहान ७.०० बजेसम्ममा ७ हजार ८०७ जनाको मृत्यु भएको छ । जापान विश्वकै ठूला अर्थतन्त्रमध्येको एक हो, जसले यो संकटको समयमा आत्महत्या गर्नेहरूको संख्या चाँडै सार्वजनिक गरेको छ ।
जापानीहरु भन्छन्– ‘हामीसँग अहिले लकडाउन पनि छैन । अरू देशसँग तुलना गर्ने हो भने यो संकटको असर पनि निकै कम छ । तैपनि आत्महत्या गर्नेको संख्या निकै ठूलो छ,’ टोकियो विश्वविद्यालयका एसोसिएट प्राध्यापक मिचिको वेडा भन्छन्, ‘यसले भविष्यमा अरू देशमा पनि यस्तो प्रकृतिको वा योभन्दा पनि ठूलो समस्या देखिन सक्ने संकेत गरेको छ ।’ फागुन १६ गते बिहान ७ बजेसम्ममा जापानमा कुल संक्रमितको संख्या ४ लाख ३० हजार ५३९ छन् । प्रत्येक दिनजसो करिब एक हजार कोरोना भाइरसका संक्रमित थपिदै आएका छन् । जापानमा कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या ५१ हजार ६७४ मात्र छ ।
आत्महत्य गर्नेमा पुरुषको तुलनामा महिला बढी
सन् २०२० मा ११ वर्षपछि यहाँ आत्महत्याको दरमा वृद्धि भएको छ । त्यसले पुरुषको तुलनामा महिलाको आत्महत्या दर बढी देखाउँछ । यहाँ पुरुषको आत्महत्यामा केही कमी आएको देखिएका बेला महिलाको आत्महत्या दर १५ प्रतिशतले बढेको देखिएको छ । अघिल्लो वर्षको अक्टोबर महिनाको तुलनामा यस वर्षको सोही महिनामा जापानमा आत्महत्या दर ७० प्रतिशतले बढेको देखिन्छ । आखिर यस्तो के भइरहेको छ ? पुरुषका तुलनामा महिलालाई कोभिड–१९ महामारीले किन धेरै नै नराम्रो असर पारिरहेको छ ? विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का अनुसार आत्महत्या गर्नेको संख्या विश्वमै जापानमा उच्च छ । जापानले यसको न्यूनीकरणका लागि ठूलो संघर्ष गर्दै आइरहेको छ । सन् २०१६ मा जापानमा आत्महत्या मृत्युदर प्रति एक लाखमा १८.५ प्रतिशत थियो । जापानको यो समस्या समाधान निकै मुस्किल छ ।
सन् १९७८ देखि आत्महत्य गर्नेको तथ्यांक
सन् २०१९ देखि अघिका १० वर्षमा भने जापानमा यो संख्यामा केही कमी आएको देखिएको थियो । यस अवधिमा जापानको स्वास्थ्य मन्त्रालयका अनुसार यो संख्या २० हजार थियो । सन् १९७८ मा जापानले पहिलोपटक आत्महत्या गर्नेहरूको अध्ययन र तथ्यांक राख्न थालेदेखि यताकै कम संख्या थियो । यद्यपि, कोरोना भाइरस महामारीले त्यो क्रमलाई फेरि उल्टाइदिने संकेत गरेको छ । कोरोना भाइरस महामारी सुरु भएपछि फेरि आत्महत्या गर्नेहरूको संख्या बढ्न थालेको छ र यसको ठूलो प्रभाव महिलामा देखिएको छ । गत अक्टोबर महिनामा मात्रै जापानमा आत्महत्या गर्ने महिलाको संख्या गत वर्षको यही अवधिको तुलनामा झन्डै ८३ प्रतिशतले वृद्धि भएको छ । त्यसको तुलनामा आत्महत्या गर्ने पुरुषको संख्या २२ प्रतिशतले मात्रै बढेको छ । कोरोना महामारी सुरु भएपछि यस्ता धेरैको जागिर गएको छ । जागिरबाट निकालिनेमा यस्तै ‘पार्टटाइमर’हरू पहिलो प्राथमितामा परेका छन् ।
कोरोको संक्रमणबाट मर्नेको संख्या
अक्टोबर महिनामा मात्र त्यहाँ पुरुष र महिला गरेर २ हजार १९९ जनाले आत्महत्या गरेका छन् । तर कोरोनाभाइरस महामारीमा जापानमा मर्नेको कुल सङ्ख्या २,०८७ सम्म पुगेको छ । गत वर्ष सेक्टेम्बर २७ मा जापानकी एक चर्चित अभिनेत्री यूको ताकेची आफ्नै घरमा मृत भेटिएकी थिइन् । पछि उनले आत्महत्या गरेको खबर आयो । पूर्व पत्रकार यासुयुकी शिमिजु गैर नाफामूलक संस्था चलाउँछिन् र आत्महत्या रोकथाममा काम गरिरहेकी छन् । उनी भन्छिन्, “जुन दिन कुनै सेलिब्रेटीको मृत्युको खबर आउँछ त्यसपछिका दिनहरूमा आत्महत्याका घटना बढ्छन् । करिब १० दिनसम्म त्यो संख्या उस्तै रहन्छन् ।
सहायतासम्बन्धी गैरनाफामुखी अन्तर्राष्ट्रिय संस्था केयरले १० हजार मानिसमाथि अध्ययन गरेकोमा अध्ययनमा सहभागी महिलामध्ये २७ प्रतिशतले कोरोना संकटमा मानसिक स्वास्थ्यमाथि बढ्दो चुनौतीको महसुस गरेको बताएका थिए । यो समस्या महसुस गर्नुको पछाडि महिलाको आयस्रोतसँग जोडिएको छ । आयस्रोत घटेको अवस्थामा पनि उनीहरूले अरू त्यस्ता धेरै जिम्मेवारी निर्वाह गर्नुपरेको छ । महामारी सुरु भएपछि विद्यालयले छोरोछोरीलाई घर फर्काइदिएका छन् । हेरचाह केन्द्रबाट पनि घर फर्किएका छन् । जागिर खाइरहेका महिलालाई कार्यालयको काम पूरा गरेर नानीबाबुहरूको हेरचाह र घरको काम भ्याउनुपर्ने हुन्छ ।
कोरोनाको समस्या बढ्दै जाँदा उनको यो चिन्ता पनि बढ्दै गयो । उनलाई छोरामा कोरोना संक्रमण भइहाल्ला कि भन्ने चिन्ता पनि थियो । ‘मलाई लाग्यो कि अब आशा छैन । म सधैँ नकारात्मक र गम्भीर खालको कुराहरू मात्रै हुन्छ भन्ने सोच्थेँ’, उनी भन्छिन् ।
स्रोत: विभिन्न सञ्चार माध्यम


