तरुण खबर
१६ फाल्गुन २०७७, आईतवार १४:४७
अमेरिकामा २७, फेब्रुअरीमा करिब १६ लाखको परीक्षण, ६४ हजार संक्रमित
काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टा (२७,फेब्रुअरी) मा १६ लाख २६ हजार ६४ जनाको नमुना परीक्षण गर्दा ६४ हजार ३२० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । २६, फेब्रुअरीमा १७ लाख ४३ हजार ७७९ जनाको नमुना परीक्षण गर्दा ८१ हजार ४९१ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए ।
पछिल्लो २४ घण्टा (२७, फेब्रुअरी) मा कोरोना भाइरसको संक्रमणबाट १५ सय ५४ जनाको मृत्यु भएको छ । २६,फेब्रुअरीमा २२ सय ७९ जनाको संक्रमणबाट मृत्यु भएको थियो ।
वर्डमिटर्सका अनुसार अमेरिकामा नेपाली समय अनुसार फागुन १६ गते आइतबार बिहान ७.३० बजेसम्ममा २ करोड ९२ लाख २ हजार ८२४ जना कोरोना भाइरसका संक्रमित पुगेका छन् । कुल संक्रमितमध्ये आइतबार बिहान ७.३० बजेसम्ममा १ करोड ९६ लाख ३२ हजार ५२३ जनालाई कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार फागुन १६ गते विहान ७.३० बजेसम्ममा अमेरिकामा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ९० लाख ४५ हजार ६३२ जना छन् ।
नेपाली समय अनुसार फागुन १६ गते आइतबार बिहान ७.३० बजेसम्ममा अमेरिकाले ३५ करोड ७७ लाख ७ हजार ९९६ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १८ लाख १२ हजार १५७ जनामध्ये करीब २ करोड ५८ लाख ९५ हजार ८३९ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करिब २ करोड ५८ लाख ९५ हजार ८३९ भन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ । विश्वमै कुल जनसंख्या भन्दा बढीको कोरोना भाइरसको परीक्षण गर्ने एक मात्र मुलुक अमेरिका भएको छ । अमेरिकामा कोरोनाको संक्रमणबाट फागुन १६ गते आइतबार बिहान ७.३० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ५ लाख २४ हजार ६६९ जनाको मृत्यु भैसकेको छ ।
फागुन १६ गते बिहान ७.३० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या ११ करोड ४३ लाख ६५ हजार ५९२ छ । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या २५ लाख ३६ हजार ७०३ जना छन् ।


