तरुण खबर
१७ फाल्गुन २०७७, सोमबार १७:१३
झापामा औद्योगिक पार्कको शिलान्यास, भाषणबाट दलहरुलाई चुनौती
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीसँग छिट्टै वार्ता हुने बताएका छन् । कमल गाउँपालिका–७ मा नेपालको सबैभन्दा ठूलो औद्योगिक क्षेत्र चीन नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास गर्दै उनले चन्द समूहको समस्या वार्ताद्वारा समाधान गरिने दृढता व्यक्त गरेका हुन् ।
बार्ताको सार्थक पहलस्वरुप खानेपानी मन्त्री मणी थापाले चन्द समुहका नेता हेमन्त प्रकाश ओलीलाई नख्खुस्थित कारागारमै गएर केही दिन अघि भेट गरेका थिए । चन्द समूहले सार्थक बार्ताका लागि प्रतिबन्धको सूचीबाट आफ्नो पार्टीलाई हटाउन सरकारसँग आग्रह गर्दै आएको छ । पछिल्लो समय चन्द समुह पनि बार्ताप्रति सकारात्मक भएको मन्त्री थापाको भनाई थियो । बार्ता प्रक्रिया अघी बढाउन उच्चस्तरीय छलफलको तयारी भईरहेको उनले बताए । सरकारले बार्ता प्रक्रिया अघि बढाएपनि प्रहरीले प्रतिबन्धित चन्द समुहका नेता कार्यकर्तालाई पक्राउ गर्न भने छाडेको छैन ।
आफू निर्वाचित क्षेत्रमा हिजो आइतबार आयोजित एउटा सार्वजनिक कार्यक्रममा बोल्दै उनले सरकारले छिट्टै उक्त पार्टीसँग वार्ता गर्ने बताए । उनले भने– तपाईँ त्यो खबर छिट्टै घर बसीबसी सञ्चारमाध्यममा देख्नुहुनेछ । शान्तिको सम्बन्धमा अलिअलि समस्या रहेको ठानिएको विप्लव समूहको समस्याको पनि हामी छिटै वार्ताद्वारा समाधान गर्छौं प्रधानमन्त्री ओलीको भनाइ थियो । नेपालको सत्ता नेपाल अनुकूल हुनुपर्ने प्रधानमन्त्री ओलीले बताए । नेकपाका अर्का समूहका अध्यक्ष पुष्पकमल दाहालको केही समय अगाडिको एउटा सञ्चारमाध्यमको अन्तर्वार्तालाई लक्षित गर्दै उनले भने– उहाँहरूको नेतृत्वमा सरकारले बने अरूलाई कम्फर्टेबल होला । तर नेपालका लागि टनटनाउने पिलोजस्तो हुनेछ ।
करिब ६४ अर्ब रुपैयाँ वैदेशिक लगानीमा बन्ने भनिएको चाइना–नेपाल फ्रेन्डसीप इन्डस्ट्रियल पार्कको प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार शिलान्यास गरेका छन् । दमक तथा आसपासका गौरादह नगरपालिका र कमल गाउँपालिकाका एकीकृत जग्गामा उक्त पार्क बनाइने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले बताए । पार्क निर्माण गर्ने भनिएको जमिन रतुवा खोलाले काटेको जमिनलाई खेतीयोग्य बनाई केही स्थानीयवासीले भोग चलन गर्दै आएका छन् । पार्क निर्माण गर्नका लागि करिब २१ सय बिघा चाहिने बस्नेतले बताए । सन् २०१७ मा चीनबाट एउटा टोली आएर उक्त जग्गाको पहिलो पटक अवलोकन गरेको थियो ।
उनले हिजै पाँच वटा पुलको उद्घाटन र ३१ पुलको शिलान्यास गरेको हुनाले विकासले तीव्र गति लिएको सबैको सामु छर्लङ्ग भएको बताए । हाल मासिक तीन हजार रुपैयाँ रहेको ज्येष्ठ नागरिकको भत्ता केही समयभित्रै अरु बढाइने उनले घोषणा गरेका थिए ।


