तरुण खबर
१७ फाल्गुन २०७७, सोमबार १७:४५
प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार दिनु पर्ने: नेता खड्का
काठमाडौं । प्रतिनिधिसभा पुनस्र्थापनापछि नयाँ सरकारको समीकरणबारे विभिन्न कसरत हरु भइरहदा दलहरु मात्र होइन, सर्वसाधारण जनता पनि वाक्क दिक्क भएका छन् । अदालतको फैसलाले समाधान दिनेभन्दा पनि जटिलतातर्फ नेपालको राजनीति घुमाइरहेको उनीहरुको बुझाई छ । सर्बसाधारणले ‘अर्ली’ आमचुनाव हुने सम्भावना देखेका छन् । सर्वोच्च अदालतले संसद् पुनस्र्थापना गरेलगत्तै प्रचण्ड–नेपाल समूह नयाँ समीकरणको गृहकार्यमा जुटे पनि विपक्षी दल नेपाली काँग्रेसले नेकपा विभाजनले वैधानिकता नपाउँदासम्म तटस्थ बस्ने निर्णय लिएको छ । यसैबीच नेपाली काँग्रेसका नेता नारायण खड्काले पनि नेकपाको विवादले गर्दा चुनाव नै अपरिहार्य रहेको बताएका छन् । उनले त आगामी मंसिरमै निर्वाचन हुन सक्ने अनुमान गरेका छन् । उनले भनेका छन्– त्यसैले मैले (नारायण खड्का) प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार दिनुपर्छ भनेको हु, मेरो बुझाइमा संसद विघटनको अधिकार प्रधानमन्त्रीलाई दिएको भएदेखि अहिले नेकपालाई फाइदा हुन्थ्यो । किनभने, प्रचण्ड–माधव समूहले सम्झौता गर्थे । उनीहरुलाई ओलीले जुनसुकैबेला विघटन गर्लान् भन्ने डर हुन्थ्यो । त्यस्तै, नेपाली काँग्रेस नेता एनपी साउदले मुलुकलाई अस्थिरताको बाटोमा जान नदिन प्रतिनिधिसभा निर्वाचन आवश्यक रहेको बताएका छन् ।
धनगढीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले एक वर्षभित्र चुनाव गर्नुपर्ने धारणा राखेका थिए । नेकपाका दुई शक्तिमध्ये निर्वाचनमा जान तयार हुने शक्तिसँग कांग्रेसले सहकार्य गर्ने एनपी साउदले बताए । ‘मुलुक अस्थिरताको बाटोमा लागिराख्या छ । यो अस्थिरताको बाटोबाट मुलुकलाई बाहिर निकाल्न पनि एक वर्षभित्रै या एक वर्षमा ‘अर्ली इलेक्सन’ गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘जुन शक्ति निर्वाचनका लागि तयार हुन्छ, निर्वाचनमा सँगसँगै जान तयार हुन्छ, सोहीसँग हाम्रो सहकार्य हुन्छ ।’
नेकपाका दुई शक्तिमध्ये निर्वाचनमा जान तयार हुने शक्तिसँग कांग्रेसले सहकार्य गर्ने एनपी साउदले बताए । ‘मुलुक अस्थिरताको बाटोमा लागिराख्या छ । यो अस्थिरताको बाटोबाट मुलुकलाई बाहिर निकाल्न पनि एक वर्षभित्रै ‘अर्ली इलेक्सन’ गर्नुपर्ने अवस्था छ’ नेता साउदले भने ।
यदि नेपाली कांग्रेसलाई फाइदा हुने भयो र आगामी भदौमा महाधिवेशन सकियो भने कांग्रेसले मंसिरमा चुनाव गराउने भूमिका खेल्न सक्ने सो पार्टीका नेता डा. नारायण खड्काको स्वीकारोक्ति छ । हिजो एक सञ्चार माध्यममा बोल्दै नेता खड्काले वैचारिकरुपमा शेरबहादुर देउवासँग ‘केमेष्ट्री’ मिल्ने नेताका रुपमा परिचित डा. खड्काले भने, ‘सरकार बनाउने खेलहरु चल्दै जाँदा मंसिरतिर चुनावमा जाने अवस्था आयो भने त्यो पक्षमा कांग्रेस जान सक्छ । किनभने, भदौमा महाधिवेशन गर्छौं र मंसिरमा चुनाव हुने अवस्था हुन सक्छ ।’ अब संसदमा भोटिङ हुँदा कांग्रेस तटस्थ बस्यो र अरु दलले सरकार बनाउन सकेनन् भने देश चुनावतर्फ जाने खड्काले जानकारी दिएका छन् । नेपाली काँग्रेसका संसदमा रहेका ६३ सांसदमध्ये ४४ सांसद देउवा निकट छन् । केन्द्रीय समितिमा पनि देउवासँग पर्याप्त सुविधासहितको बहुमत छ । उनको भित्री चाहना चुनाव नै हो ।


