तरुण खबर
१८ फाल्गुन २०७७, मंगलवार १६:५७
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापित गरेसँगै छिट्टै राजनीतिक गतिरोध अन्त्य हुने कतिपयले आशा गरे पनि अवस्था स्थिति त्यति सहज नभएको बताइन्छ । नेकपाको प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताइरहँदा प्रधानमन्त्रीले राजीनामा नदिने र नलेखिने उनले बताएका छन् । आइतवार झापामा एउटा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव ल्याएर आफूलाई हटाउन सार्वजनिक रूपमा चुनौती पनि दिएका थिए ।
हिजो फेरी पोखरामा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले दोहो¥याए भने– अविश्वास प्रस्ताव पारित गरेर आफूलाई पदबाट हटाउन प्रचण्ड–माधव नेपाल पक्षलाई चुनौती दिए । उनले बहुत पु-याएर दलको बैठक बोलाउन आफूलाई भन्न समेत सुझाए । ‘बहुमत पु-याऊ, संसदीय दलको बैठक बोलाइ दिन्छु । हटाएर देखाउनुहोस्,’ ओलीले भने । उनले अहिले आफू पदबाट हटे पनि डेढ दुई वर्षपछि फेरि दुई तिहाइ बहुमतसहित सत्तामा फर्किने ठोकुवासमेत गरेका थिए । यता निर्वाचन आयोगले पनि नेकपाको विवाद टुंगोमा पु-याउन सकेको छैन । यो विवादका सन्दर्भमा दाहाल–नेपाल समूहका एक नेताले तरुणसँग भने– कुनै कारण हद म्याद नाघेको भनेर निवेदनलाई तामेलीमा राखियो भने हामीसँग अदालतमा जानुबाहेक अर्को विकल्प रहँदैन ।
अदालतको फैसलाले प्रतिगमनलाई टेवा पुग्यो ?
यो अबस्थामा पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहसँग दलको नेताबाट केपी शर्मा ओलीलाई हटाएर सर्वोच्च अदालत जानुको विकल्प छैन । अदालतबाट जे जस्तो फैसला आउँछ त्यसलाई मान्नु बाहेक दाहाल–नेपाल समूहसँग अर्को विकल्प छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले आपूmले कहिल्यै राजिनामा नलेख्ने बताएका छन् । यसअघि नेपाल किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे रोहितले प्रतिनिधि सभा पुनःस्थापना साँचो अर्थमा प्रतिगमन हो भनेका थिए । अरु राजनीतिक दलले अदालतको फैसलालाई क्रान्तिकारी कदम देखिरहेका बेला विजुक्छेको अलग प्रतिक्रिया आएको थियो ।
शेरबहादुर देउवा र रामचन्द्र पौडेलसँग मेरो मित्रता २०३१ सालदेखिको हो, हामी अलग राजनीतिक धारमा काम गरिरहेका छौं । व्यक्तिगत मित्रता छ । उनले अगाडी अनेका छन्– उहाँहरुको पार्टी पुष्पकमल दाहालको महत्वकांक्षा पुरा गर्न खुलेको हो र ? प्रधानमन्त्री ओलीले प्रतिप्रश्न गरेका छन् ।
दाहालको अभिव्यक्ति भाइरल
अर्कोतर्फ फागुन १४ गते प्राइम टेलिभिजनमा दिएको अन्तर्वार्तामा पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाएर हामी भारतको लागि कम्फर्टेवल सरकार बनाउन चाहन्छौं । नेका, हामी (दाहाल–नेपाल समूह) र जसपाको समीकरण बन्दा भारतलाई कम्फर्टेवल (सहज) सरकार हुन्छ भनेको कुरा शोसल मिडियामा भाइरल भएको थियो । त्यही विषयलाई प्रधानमन्त्री ओलीले उहाँहरु कसको सजिलोका लागि प्रधानमन्त्री बनाउँदै हुनुहुन्छ, त्यो कुरा जगजाहेर छ भनेका छन् । र, पोखराको सम्बोधनमा ओलीले भने– जुन हातले केन्द्रीय सदश्य नियुक्ति दिएको हो, त्यसले नाम काट्न पनि सक्छ भन्ने कुरा सम्झना गर्नुस् । मैंले बनाएको प्रमुख सचेतक देव गुरुङलाई हटाएर अर्कोलाई नियुक्त गरेँ । आवश्यक परेका बेला हटाइ दिन सक्छु । उहाँहरुले भनेको बहुमत केन्द्रीय कमिटि मैंले बनाएको हो दाहाल–नेपाल समूहलाई पोखराबाटै ओलीले चेतावनी दिए ।
प्रधानमन्त्री भन्छन्– राजिनामा लेख्दिन
प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि हिमालय टेलिभिजनका चर्चित वार्ताकार राजेन्द्र बानियाँलाई दिएको एउटा अन्तर्वार्तामा आफूले अहिले राजीनामा दिए स्थिति झन् बिग्रन सक्ने दाबी गरेका छन् । यसबीचमा नेकपाका दुवै समूहले प्रधानमन्त्रीविरुद्ध प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव पेश हुने र त्यसमाथि मतदान हुने अवस्था आएमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी जसपाको साथ पाउने आशा व्यक्त गर्दै आएका छन् । प्रधानमन्त्री ओलीले भनेका छन्– शेरबहादुर देउवा र रामचन्द्र पौडेलसँग मेरो मित्रता २०३१ सालदेखिको हो, हामी अलग राजनीतिक धारमा काम गरिरहेका छौं । व्यक्तिगत मित्रता छ । उनले अगाडी अनेका छन्– उहाँहरुको पार्टी पुष्पकमल दाहालको महत्वकांक्षा पुरा गर्न खुलेको हो र ? प्रतिप्रश्न गरेका छन् ।
काँग्रेस र जसपा पर्ख र हेरको नीतिमा
तर के उनीहरूले आशा गरेझैँ कांग्रेस र जसपा कुनै समूहको पक्षमा उभिन तयार छन् त ? ती दुवै दलका नेताका कुरा सुन्दा उनीहरू तत्काल कसैको पक्षमा खुल्न चाहेका छैनन् अर्थात् उनीहरूले ’पर्ख र हेर’ को नीति अवलम्बन गरेको देखिन्छ । नेपाली कांग्रेसका नेता डा.मीनेन्द्र रिजाल कुनै पार्टी विशेषको आन्तरिक विवादमा काँग्रेस नफस्ने तर्क गरेका छन् । नेकपा आधिकारिक रूपमै विभाजित भए कांग्रेसले प्रधानमन्त्री ओलीको पार्टी अथवा प्रचण्ड–नेपालको पार्टीलाई प्रधानमन्त्रीमा सघाउँछ भन्ने जिज्ञाषामा रिजालले कम्युनिस्ट पार्टीकै एक जनाको विकल्पमा अर्कालाई कांग्रेसले नसघाउने दाबी गरे ।
गत साता नेकपाका नेताद्वय प्रचण्ड र माधवकुमार नेपालले ’मिलेर जान’ प्रस्ताव गर्दा कांग्रेस सभापति शेरबहादुर देउवाले त्यसबारे पार्टीभित्र छलफल गर्ने जबाफ दिएका थिए । हामीले जनताको भावना, संविधानको मर्म, पार्टी र लोकतन्त्रको बृहत्तर हितलाई हेरेर मात्रै निर्णय गछौं । प्रक्रिया अविश्वास प्रस्तावमा नगई हामी निर्णय गर्दैनौं कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भनेका थिए । सहकार्यबारे केही दिनअघि नेकपाका नेताद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले जसपाका नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो र राजेन्द्र श्रेष्ठसँग पनि पेरिसडाँडामा छलफल गरेका थिए ।
सहकार्यबारे जसपा पनि नेपाली कांग्रेसजस्तै समयको पर्खाइमा रहेको देखिन्छ । हामी कोहीसँग हुँदैनौँ, हामी हाम्रो मुद्दासँग हुन्छौं । हाम्रो मुद्दासँग को आउँछ त्यो हामीले हेर्ने हो, राजेन्द्र महतोले भनेका थिए । जसपाका अर्का नेता अनिलकुमार झा आफूहरूको नजरमा प्रधानमन्त्री ओली, प्रचण्ड र नेपाल एउटै पार्टीका नेता भएको बताएका छन् । हाम्रो कामना छ कि उहाँहरूको पार्टी नफुटोस् । यद्यपि त्यो बेला जसपाको निर्णय के हुन्छ भन्नेबारे नेता अनिल झाले केही बताउन चाहेनन् ।


