तरुण खबर
२० फाल्गुन २०७७, बिहीबार १७:४०
अमेरिकामा ३, मार्चमा करिब १४ लाख ५८ हजारको परीक्षण, ६६ हजार संक्रमित
काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टा (३, मार्च) मा १४ लाख ५८ हजार ९३९ जनाको नमुना परीक्षण गर्दा ६६ हजार ८७९ जना संक्रमित थपिएका छन् । ३, मार्चमा १२ लाख २३ हजार ५९१ जनाको नमुना परीक्षण गर्दा ५७ हजार ४०२ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए ।
पछिल्लो २४ घण्टा (३, मार्च) मा २ हजार ३५० जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । २, मार्चमा २ हजार ५२ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको थियो । कोरोना भाइरसको सूचना दिने वर्डमिटर्र्सका अनुसार अमेरिकामा नेपाली समय अनुसार फागुन २० गते बिहीबार बिहान ७.३० बजेसम्ममा २ करोड ९४ लाख ५६ हजार ३७७ जना कोरोना भाइरसका संक्रमित पुगेका छन् । कुल संक्रमितमध्ये बिहीबार बिहान ७.३० बजेसम्ममा २ करोड ३ हजार ३२५ जनालाई कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार फागुन २० गते विहान ७.३० बेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ८९ लाख २१ हजार ४ सय जना छन् ।
नेपाली समय अनुसार फागुन २० गते बिहीबार बिहान ७.३० बजेसम्ममा अमेरिकाले ३६ करोड ३४ लाख ७ हजार ७५१ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १८ लाख १२ हजार १५७ जनामध्ये करीब ३ करोड १५ लाख ९५ हजार ५९४ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करिब ३ करोड १५ लाख ९५ हजार ५९४ भन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ । विश्वमै कुल जनसंख्या भन्दा बढीको कोरोना भाइरसको परीक्षण गर्ने एक मात्र मुलुक अमेरिका भएको छ । अमेरिकामा कोरोनाको संक्रमणबाट फागुन २० गते बिहीबार बिहान ७.३० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ५ लाख ३१ हजार ६५२ जनाको मृत्यु भैसकेको छ ।
फागुन २० गते बिहान ७.३० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या ११ करोड ५७ लाख ४९ हजार ३० छ । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या २५ लाख ७० हजार ६१४ जना छन् ।


