तरुण खबर
२२ फाल्गुन २०७७, शनिबार ११:००
कुष्णबहादुर तामाङ
नेपाली काँग्रेसको १४औं महाधिवेशन भदौसम्ममा सम्पन्न गर्नु पर्ने बाध्यता छ । १४औं महाधिवेशनका लागि केन्द्रीय सभापतिमा धेरैले उमेदवारी घोषणा गरेका छन् । जसमध्ये पार्टी सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, शेखर कोइराला, विमलेन्द्र निधि र सुजाता कोइरालाले पनि उम्मेदवारी दिने घोषणा गरेका छन् । अहिलेसम्म घोषण नगरेका तर नेपाली काँग्रेसको सभापति बन्ने महत्वकांक्ष बोकेका शशांक कोइराला र प्रकाशमान सिंहको पनि सभापतिमा उठ्ने सम्भवना छ । रामचन्द्र पौडेल, शेखर कोइराला र सुजाता कोइरालाले त सम्पर्क कार्यालय समेत खोली सकेका छन् । अलग–अलग कार्यालय खोलेका उनीहरुको कार्यालय अनामनगरमै खोलिएको छ ।
अनामनगरस्थित सभापति शेरबहादुर देउवाको पुरानो कार्यालयलाई नै रामचन्द्र पौडेलले साइत हेराएरै सभापति बनाउन सक्ने ठाउँ भनी रोजेका छन् । त्यस्तै शेखर कोइरालाको कार्यालय पनि आनामनगरको सिंहदरबारको पूर्वी गेटको सामुन्नेमा छ भने सुजाता कोइरालाले अनामनगरकै हनुमानस्थान नजिक सम्पर्क कार्यालय बनाएकी छन् । उनी देशभरका नेता, कार्यकर्तासँग भेटघाट गर्न केही दिनमै देश दौडाहामा निस्कने तयारी गर्दै छिन् । १४औं महाधिवेसनमा सभापतिमा प्रतिश्पर्धा होला, नहोला आप्mनो ठाउँमा छ । त्यो समयले बताउने कुरा हो । तर मैले आज उठाउन खोजेको विषय तत्काल नेपाली काँग्रेस गर्नु पर्ने निर्णयको सन्दर्भ के हो ? भन्ने विषयमा केन्द्रीत भएर कलम चलाउन खोजेको छु ।
पहिलो कुरा म पार्टीका नेता रामचन्द्र पौडेलबाटै सुरु गर्न चाहन्छु । रामचन्द्र पौडेलको त्याग, तपस्याको दृष्टिकोणले सभापति देउवा हाराहारीका नेता हुन् । तर संर्किण सोचाई र सानो चित्तले उनलाई नराम्रोसँग गाँजेको छ, यस्तै अबस्था रह्यो भने पौडेल मुलुकको पहिलो पद प्राप्त गर्ने कुनै सम्भावना छैन भन्न सकिने अबस्था आइसकेको छ । कसैले त देश चलाउन सक्ने क्षमता भएको नेता भए तनहुँबाट अत्यान्तै कमजोर राजनीतिक हैसियत भएको ब्यक्तिसँग चुनावमा पराजित हुनु पर्ने नै थिएन नि भनेका छन् । तर म त्यसो भन्दिन, किन भने पौडेलको तुलना किसान श्रेष्ठसँग गर्न सुहाउने विषय होइन । चुनाव भनेको जितेपछि मात्र गणना गरिने कुरा भएकाले किसानै गणना गर्न बाध्य छौं ।
पौडेललाई म सोध्न चाहन्छु, नेपाली काँग्रेसको उद्देश्य प्रतिपक्षी दलमै बसेर चित्त बुझाउने हो कि सत्तामा पुगेर जनचाहाना बमोजिमको काम पनि गर्ने हो । कोसँग मिल्दा पार्टीलाई लाभ हुन्छ भन्ने कुरा ख्याल गर्नु पर्दैन र भन्या ?
उनले मन नखुम्च्याउने हो भने पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सम्भावना रहन्छ नै । यद्यपी पौडेलले असहयोग गरेपनि परिस्थिति देउवाको अनुकुल बन्दै गएको छ । नेकपाका दुबै समूहले देउवालाई प्रधानमन्त्रीको अफर गरिसकेका छन्, यो सार्वजनिक भएको विषय हो । पार्टीभित्रको अर्को धारका नेता पौडेल भन्दै छन्– प्रतिपक्षी दलको भूमिका निभाउन काँग्रेस चुक्नु हुँदैन । उनलाई म सोध्न चाहन्छु, नेपाली काँग्रेसको उद्देश्य प्रतिपक्षी दलमै बसेर चित्त बुझाउने हो कि सत्तामा पुगेर जनचाहाना बमोजिमको काम पनि गर्ने हो । कोसँग मिल्दा पार्टीलाई लाभ हुन्छ भन्ने कुरा ख्याल गर्नु पर्दैन र भन्या ? नेपाली काँग्रेस नेकपाको कमजो पक्षसँग मिलेर सरकार बनाउँदा उनीहरुको पार्टीभित्र सन्तुलन त मिल्छ नै, पार्टी विभाजनलाई पनि मलजल पुग्छ । दाहल–नेपालको तुलनामा ओली समूह केही कमजोर छ भन्ने कुरा उनीहरुले नै आन्तरिक रुपमा स्वीकारेको विषय हो ।
सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्नबाट रोक्न खोज्नु भनेको पार्टीलाई प्राप्त भएको अबसर गुमाउनु हो भन्ने कुरा बुभ्mन नसक्नु वा बुझ पचाउनुको के अर्थ हुन्छ र ? नेपाली काँग्रेशले सरकारको नेतृत्व गर्ने अवशर प्राप्त ग¥यो भने छोटो समयमा नै महत्वपूर्ण काम गर्न सकिन्छ भन्ने कुरा ख्याल गर्नु पर्ने हो नि ।
अघिल्लो दशैंपछि नेपाली काँग्रेसको चियापान कार्यक्रममा पुगेका सत्ताधारी दल नेपाल कम्यूनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले “यो देशको प्रमुख प्रतिपक्षी दल कहाँ गएछ भनी खोज्न आएको“ भन्दै व्यङ्ग गरेका थिए । उनको भनाइको अनेकानेक अर्थ लगाउन सकिन्छ । यतिबेला सातवटै प्रदेशमा काङ्ग्रेस विपक्षमा छ । तै पनि पार्टी भित्रको चरम आन्तरिक गुटबन्दी झाँगिदै गएको छ । चुनाव जितेर संसदमा पुग्न नसकेकाले पनि पौडेलहरूले आफ्नो प्रभुत्व देखाउन पार्टीभित्रको गुट राजनीतिलाई उपयोग गरेको मान्न सकिन्छ । पार्टीभित्रको गुटबन्दी प्रजातान्त्रिक अभ्यासमा नौलो नभएको र नेपाली काङ्ग्रेसमा त झन् गुटबन्दीकै इतिहास रहेको विश्लेषकहरुको तर्क छ । केन्द्रीय समितिकी सदस्य महालक्ष्मी उपाध्याय डिनाले गुट–उपगुटले पार्टीलाई कमजोर बनाएजस्तो देखिए पनि नीतिगत विषयमा भने पार्टीमा मतभेद नभएको केही समयअघि बताएकी थिइन् । तर पार्टीभित्र त्यस्तो देखिन सकेको छैन ।
नेपाली काँग्रेस नेकपाको कमजो पक्षसँग मिलेर सरकार बनाउँदा उनीहरुको पार्टीभित्र सन्तुलन त मिल्छ नै, पार्टी विभाजनलाई पनि मलजल पुग्छ । दाहल–नेपालको तुलनामा ओली समूह केही कमजोर छ भन्ने कुरा उनीहरुले नै आन्तरिक रुपमा स्वीकार गरेको विषय हो ।
पुष्पकमल दाहाल : एमाले र माओवादी केन्द्रको एकिकरणले सिर्जना गरेको परिस्थिति नेपाली काँग्रेसका लागि जटिल मोडमा थियो भन्ने कुरा हामीले मात्र बुझेको र जानेको विषय होइन, सबैले जानेकै विषय थियो त्यो । नेपाली काँग्रेसलाई संकटको अबस्थामा पु-याएर पुष्पकमल दाहाल प्रचण्ड एमालेसँग मिल्न गएका हुन् भन्ने कुरा पनि जगजाहेर नै छ । प्रचण्ड अस्थिर चत्रिका व्यक्ति हुन् भन्ने कुरा हेर्नका लागि उनको विगत कोट्याउनै पर्छ । किन भने कम्युनिष्ट आन्दोलन गुरु मोहन बैद्यलाई गलहत्याएर प्रचण्ड आफू पार्टीको महसचिब बनेका थिए । २०११ साल मंसिरमा जन्मिएको पुष्पकमल दाहाल २०४३ सालमा सेक्टर काण्ड घटाउन लगाएर आपूm पार्टीको महासचिव बनेका थिए । उनी २०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश गरी २०३५ सालमा पूर्णकालिन कार्यकर्ता बनेका थिए । विक्रम सम्बत २०३८ सालमा क्षेत्रिय व्यूरो सदस्य एवं अखिल नेपाल युवक संघको केन्द्रीय समितिको महा–सचिव भई २०४० मा संघको केन्द्रीय अध्यक्षमा निर्वाचित भएका थिए उनी । आपूm पार्टी अध्यक्ष भएपछि अहिलेसम्म महाधिवेसनमा व्यहोर्नु पर्ने प्रतिश्पर्धा व्यहोर्नु परेको छैन । २०५७ सालमा दोस्रो राष्ट्रिय सम्मेलनको नाटक गरी उनी पार्टीको पुनः अध्यक्ष बनेका थिए ।
उनी यस हिसावले षडयन्त्रकारी पनि हुन् । उनी जुन पार्टीमा रहन्छन्, त्यसलाई ध्वंश गरेको उनको इतिहास छ । कुनै समय सशस्त्र विद्रोहमा लागेका तत्कालीन माओवादी पार्टीका नेतादेखि कार्यकर्तासम्म सबैले दौरा, सुरुवाल र कोटलाई ’सामन्ती पोसाक’ भन्ने गरेका थिए । र, अहिले उनीहरूको व्यवहारमा परिवर्तन आएको छ । विभिन्न सार्वजनिक पदमा पुगेका पूर्वमाओवादी नेताहरूले दौरा, सुरुवाल र कोट लगाउन थालिसकेका छन् । प्रचण्ड स्वयम्ले राष्ट्रिय पोसाकप्रति आफ्नो नकारात्मक दृष्टिकोण नभएको भन्दै कुनै दिन म पनि दौरा, सुरुवाल टोपी र कोट लगाउन सक्छु भनेका छन् । माओवादीबाट उपराष्ट्रपति बनेका नन्दकिशोर पुनले औपचारिक कार्यक्रममा दौरा, सुरुवाल, टोपी र कोट लगाउन थालेको करिब तीन वर्ष भयो ।
कम्युनिस्ट भनेका अन्तर्राष्ट्रवादी हुन् । माओको पालामा चिनियाँ कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताले कोट लगाउँथे, अहिले त्यसलाई सूट र टाईमा परिणत गरिएको छ प्रचण्डले भनेका थिए । षडयन्त्रकारी प्रचण्डको सिद्धान्तमा राष्ट्रवादभित्र अन्तर्राष्ट्रवाद र अन्तर्राष्ट्रवादभित्र राष्ट्रवाद पर्छ । नेपाली राजनीतिमा फेरी एक पटक फोहोरी खेल सुरू भएको छ । नेपाल र नेपाली जनताको समृद्धीको नाममा केहि महिना भित्रै ठूला या साना राजनीतिक दलहरूलाई विभाजित गर्ने योजना बन्दै गएको देखिएको छ । यसर्थ नेपाली काँग्रेसले निर्णय गर्दा दूरगामी प्रभाव पार्ने गरी निर्णय लिन सक्नु पर्छ । अन्यथा ज्या भन्नुको अर्थ हुने छैन ।
(लेखक तामाङ रामेछाप काँग्रेसका नेता हुन्)


