अमेरिकामा ३८ करोड ९२ लाख १० हजारभन्दा बढीको परीक्षण

अमेरिकामा ३८ करोड ९२ लाख १० हजारभन्दा बढीको परीक्षण तरुण खबर २४ फाल्गुन २०७७, सोमबार १०:१०
अमेरिकामा ३८ करोड ९२ लाख १० हजारभन्दा बढीको परीक्षण

अमेरिकामा ७, मार्चमा करिब ११ लाख १७ हजारको परीक्षण, ४१ हजार संक्रमित

काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टा (७, मार्च) ११ लाख १७ हजार ९६१ जनाको परीक्षण गर्दा ४१ हजार ९६७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । ६, मार्चमा १२ लाख ९७ हजार २६२ जनाको नमुना परीक्षण गर्दा ५८ हजार ६२० जना कोरोना भाइरसका संक्रमित थपिएका थिए ।

पछिल्लो २४ घण्टा (७, मार्च) मा ७१६ जना कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । ६ मार्चमा १५ सय १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको थियो ।

कोरोना भाइरसको सूचना दिने वर्डमिटर्र्सका अनुसार अमेरिकामा नेपाली समय अनुसार फागुन २४ गते सोमबार बिहान ७.३० बजेसम्ममा २ करोड ९६ लाख ९६ हजार २५० जना कोरोना भाइरसका संक्रमित पुगेका छन् । कुल संक्रमितमध्ये सोमबार बिहान ७.३० बजेसम्ममा २ करोड ३ लाख ३६ हजार ६५६ जनालाई  कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार फागुन २४ गते विहान ९.३० बेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ८८ लाख २१ हजार ७५६ जना छन् ।

नेपाली समय अनुसार फागुन २४ गते सोमबार बिहान ७.३० बजेसम्ममा अमेरिकाले  ३६ करोड ९२ लाख १० हजार २३४ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १८ लाख १२ हजार १५७ जनामध्ये करीब ३ करोड ७३ लाख ९८ हजार ७७ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करिब ३ करोड ७३ लाख ९८ हजार ७७ भन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ । विश्वमै कुल जनसंख्या भन्दा बढीको कोरोना भाइरसको परीक्षण गर्ने एक मात्र मुलुक अमेरिका भएको छ । अमेरिकामा कोरोनाको संक्रमणबाट फागुन २४ गते सोमबार बिहान ७.३० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ५ लाख ३७ हजार ८३८ जनाको  मृत्यु भैसकेको छ ।

फागुन २४ गते बिहान ७.३० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या ११ करोड ७४ लाख ३५ हजार १७० छ । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या २६ लाख ४ हजार ८४७ जना छन् ।