अमेरिकामा कुल संक्रमितको संख्या २ करोड ९८ लाख ६० हजारभन्दा बढी

अमेरिकामा कुल संक्रमितको संख्या २ करोड ९८ लाख ६० हजारभन्दा बढी तरुण खबर २७ फाल्गुन २०७७, बिहीबार १६:०१
अमेरिकामा कुल संक्रमितको संख्या २ करोड ९८ लाख ६० हजारभन्दा बढी

अमेरिकामा १०, मार्चमा करिब ११ लाख ४६ हजारको परीक्षण, ५८ हजार संक्रमित

काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टा (१०, मार्च) ११ लाख ४६ हजार २२२ जनाको नमुना परीक्षण गर्दा ५८ हजार ४१३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । ९, मार्चमा १३ लाख ४१ हजार ३७८ जनाको परीक्षण गर्दा ५५ हजार ९४६ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए ।

पछिल्लो २४ घण्टा (१०, मार्च) मा १४ सय ८० जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ । ९, मार्चमा १७ सय १२ जनाको संक्रमणबाट ज्यान गएको थियो । कोरोना भाइरसको सूचना दिने वर्डमिटर्र्सका अनुसार अमेरिकामा नेपाली समय अनुसार फागुन २७ गते बिहीबार बिहान ७.३० बजेसम्ममा २ करोड ९८ लाख ६० हजार १७४ जना कोरोना भाइरसका संक्रमित पुगेका छन् । कुल संक्रमितमध्ये बिहीबार बिहान ७.३० बजेसम्ममा २ करोड ६ लाख ४० हजार १८८ जनालाई  कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार फागुन २७ गते विहान ७.३० बजेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ८६ लाख ७७ हजार ९२५ जना छन् ।

नेपाली समय अनुसार फागुन २७ गते बिहीबार बिहान ७.३० बजेसम्ममा अमेरिकाले  ३७ करोड ३० लाख ४० हजार ९४० जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १८ लाख १२ हजार १५७ जनामध्ये करीब ४ करोड १२ लाख २८ हजार ७८३ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करिब ४ करोड १२ लाख २८ हजार ७८३ भन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ । विश्वमै कुल जनसंख्या भन्दा बढीको कोरोना भाइरसको परीक्षण गर्ने एक मात्र मुलुक अमेरिका भएको छ । अमेरिकामा कोरोनाको संक्रमणबाट फागुन २७ गते बिहीबार बिहान ७.३० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ५ लाख ४२ हजार ६१ जनाको  मृत्यु भैसकेको छ ।

फागुन २७ गते बिहान ७.३० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या ११ करोड ८६ लाख १८ हजार ७५३ छ । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या २६ लाख ३१ हजार १२२ जना छन् ।