अमेरिकामा कुल संक्रमितको संख्या ३ करोड नाघ्यो

अमेरिकामा कुल संक्रमितको संख्या ३ करोड नाघ्यो तरुण खबर १ चैत्र २०७७, आईतवार १७:४०
अमेरिकामा कुल संक्रमितको संख्या ३ करोड नाघ्यो

अमेरिकामा १३, मार्चमा करिब २९ लाख ५६ हजारको परीक्षण, ४८ हजार संक्रमित

काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टा (१३, मार्च) मा २९ लाख ५६ हजार ५८७ जनाको नमुना परीक्षण गर्दा ४८ हजार ८०८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । १२, मार्चमा १६ लाख ६५ हजार १७७ जनाको नमुना परीक्षण गर्दा ६८ हजार २१६ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए ।

पछिल्लो २४ घण्टा (१३, मार्च) एक हजार ३७ जनाको संक्रमणबाट मृत्यु भएको छ । १२, मार्चमा १५ सय २९ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थियो । अमेरिकामा नेपाली समय अनुसार चैत १ गते आइतबार बिहान ७.३० बजेसम्ममा ३ करोड ४३ हजार ६६२ जना कोरोना भाइरसका संक्रमित पुगेका छन् । कुल संक्रमितमध्ये आइतबार बिहान ७.३० बजेसम्ममा २ करोड २१ लाख ८ हजार ५९६ जनालाई  कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार चैत १ गते विहान ७.३० बजेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ७३ लाख ८८ हजार ४६१ जना छन् ।

नेपाली समय अनुसार चैत १ गते आइतबार बिहान ७.३० बजेसम्ममा अमेरिकाले  ३७ करोड ९० लाख ९२ हजार ७३५ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १८ लाख १२ हजार १५७ जनामध्ये करीब ४ करोड ७२ लाख ८० हजार ५७८ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करिब ४ करोड ७२ लाख ८० हजार ५७८ भन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ । विश्वमै कुल जनसंख्या भन्दा बढीको कोरोना भाइरसको परीक्षण गर्ने एक मात्र मुलुक अमेरिका भएको छ । अमेरिकामा कोरोनाको संक्रमणबाट चैत १ गते आइतबार बिहान ७.३० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ५ लाख ४६ हजार ६०५ जनाको  मृत्यु भैसकेको छ ।

चैत १ गते बिहान ७.३० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या १२ करोड ४२ हजार ८७ छ । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या २६ लाख ५९ हजार ११८ जना छन् ।