अमेरिकामा कुल संक्रमितमध्ये २ करोड २१ लाखभन्दा बढीलाई निको

अमेरिकामा कुल संक्रमितमध्ये २ करोड २१ लाखभन्दा बढीलाई निको तरुण खबर २ चैत्र २०७७, सोमबार १६:५५
अमेरिकामा कुल संक्रमितमध्ये २ करोड २१ लाखभन्दा बढीलाई निको

अमेरिकामा १४, मार्चमा करिब ११ लाख ५५ हजारको परीक्षण, ३६ हजार संक्रमित

काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टा (१४, मार्च) मा ११ लाख ५५ हजार ६३९ जनाको नमुना परीक्षण गर्दा ३६ हजार ८९६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । १३, मार्चमा २९ लाख ५६ हजार ५८७ जनाको नमुना परीक्षण गर्दा ४९ हजार ९०७ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए ।

पछिल्लो २४ घण्टा (१४, मार्च) मा ६२९ जना संक्रमणबाट मृत्यु भएको छ । १३, मार्च) एक हजार ३७ जनाको संक्रमणबाट मृत्यु भएको थियो । अमेरिकामा नेपाली समय अनुसार चैत २ गते सोमबार बिहान ७.३० बजेसम्ममा ३ करोड ८१ हजार ६५७ जना कोरोना भाइरसका संक्रमित पुगेका छन् । कुल संक्रमितमध्ये सोमबार बिहान ७.३० बजेसम्ममा २ करोड २१ लाख १९ हजार २३७ जनालाई  कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार चैत २ गते विहान ७.३० बजेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ७३ लाख ६५ हजार १८६ जना छन् ।

नेपाली समय अनुसार चैत २ गते सोमबार बिहान ७.३० बजेसम्ममा अमेरिकाले  ३८ करोड ८१ हजार ६५७ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १८ लाख १२ हजार १५७ जनामध्ये करीब ४ करोड ८४ लाख ३६ हजार २१७ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करिब ४ करोड ८४ लाख ३६ हजार २१७ भन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ । विश्वमै कुल जनसंख्या भन्दा बढीको कोरोना भाइरसको परीक्षण गर्ने एक मात्र मुलुक अमेरिका भएको छ । अमेरिकामा कोरोनाको संक्रमणबाट चैत २ गते आइतबार बिहान ७.३० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ५ लाख ४७ हजार २३४ जनाको  मृत्यु भैसकेको छ ।

चैत २ गते बिहान ७.३० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या १२ करोड ४ लाख ७ हजार ५३० छ । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या २६ लाख ६४ हजार ९६३ जना छन् ।