अन्तर नगरपालिका बुद्धिचालमा २२ नपा सहभागी

अन्तर नगरपालिका बुद्धिचालमा २२ नपा सहभागी तरुण खबर २ चैत्र २०७७, सोमबार १७:०६
अन्तर नगरपालिका बुद्धिचालमा २२ नपा सहभागी

भक्तपुर नगरपालिकाद्धारा आयोजित अन्तर नगरपालिका बुद्धिचाल  चार दिने प्रतियोगितामा २२ वटा नगरपालिका सहभागी भएको ज्ञानेन्द्र खैजुले जानकारी दिएका छन् । प्रतियोगिताको दोश्रो दिन दोश्रो र तेश्रो चरणका खेलहरु सम्पन्न भएको उनले जानकारी दिए ।

भक्तपुरको जगातिस्थित महेश्वरी बैंक्वेटमा संचालित खेलमा ललितपुर महानगरपालिका  र हेटौडा उपमनपा समान ६ अंकका साथ संयुक्तरुपमा शिर्ष स्थानमा रहेका थिए । ललितपुरले दोश्रो खेलमा भक्तपुर नपालाई ३.५—०.५ अंकले हराए भने तेश्रोमा भिमेश्वर नपालाई रोचक प्रतिस्पर्धात्मक खेलमा २.५—१.५ अंकले माथ गरे ।

त्यसैगरी हेटौडाले दोश्रो राउण्डमा काठमाण्डौको गोकर्णेश्वर नपालाई २.५—१.५ अंकले र तेश्रोमा काठमाण्डौ महानगरलाई ३—१ ले पराजित गरे । स्वीस लिग ७ राउण्डको खेल हुने प्रतियोगितामा झापाको दमक नगरपालिका दुई अंकले जित र एक बराबरी गरी ५ अंकका साथ तेश्रो स्थानमा छन् । दमकले दोश्रो राउण्डमा काठमाण्डौको नागार्जुन नपालाई ४—० ले हरायो भने तेश्रोमा काठमाण्डौको गोकर्णेश्वर नपासित बराबरी खेल भयो ।

त्यसैगरी भक्तपुर नपाका दुबै टिम समान ४ अंकका साथ संयुक्तरुपमा तेश्रो स्थानमा रहेका छन् ।  यसै गरी कामनपा, टोखा नपा, मेचीनगर नपा, भिमेश्वर नपा र बनेपा नगरपालिकाले पनि समान ४ अंक जोडेका छन् । प्रतियोगीता चलिरहेको छ ।