युरोपका केही मुलुकले कोरोना विरुद्धको भ्याक्सिन (एस्ट्राजेनेका) रद्द गरे

युरोपका केही मुलुकले कोरोना विरुद्धको भ्याक्सिन (एस्ट्राजेनेका) रद्द गरे तरुण खबर ३ चैत्र २०७७, मंगलवार १७:०५
युरोपका केही मुलुकले कोरोना विरुद्धको भ्याक्सिन (एस्ट्राजेनेका) रद्द गरे

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) द्वारा एस्ट्राजेनेका सुरक्षित रहेको जानकारी

काठमाडौं । युरोपियन मुलुक जर्मनी, फ्रान्स, डेनमार्क, नर्वे  र आयरल्याण्डले कोरोना विरुद्धको खोप (भ्याक्सिन) एस्ट्राजेनेकाले रगत जम्न थालेको भन्दै अस्थायी रुपमा स्थगित गरेको छ । इटाली र स्पेनले पनि खोप अभियान स्थगित गरेका छन् । स्पेनका स्वास्थ्यमन्त्रीले कम्तीमा दुई साताका लागि उक्त रोक रहने जनाएका छन् । नेदरल्याण्ड्सले त्यस्तै रोक लगाएको एक दिन भन्दा कम समयमा उक्त निर्णय आएको हो ।

एस्ट्राजेनेकाले अक्सफोर्डसँग मिलेर निर्माण गरेको यो खोप युरोपलगायत अधिकांश देशमा स्वीकृत भइसकेको छ । ८ करोड ३९ लाख ७२ हजार ६०४ जनसंख्या रहेको जर्मनीमा चैत ३ गते बिहान ७ बजेसम्ममा कोरोना भाइरसका संक्रमितको कुल संख्या २५ लाख ८५ हजार ३६९ जना छन् । संक्रमितमध्ये ७४ हजार ११५ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गैसकेको छ । त्यस्तै ६ करोड ५३ लाख ७५ हजार २६४ जनसंख्या रहेको फ्रान्समा संक्रमितको कुल संख्या ४० लाख ७८ हजार १३३ छ । मंगलबार बिहान ७ बजेसम्ममा ९० हजार ७६२ जनाभन्दा बढीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । फ्रान्स के राष्ट्रपति इमैनुयल मैक्रोले भने– यो अस्थायी स्थगन हो, युरोपियन मेडिसिन एजेन्सिको सुझाव नआउन्जेल स्थगित भएको हो ।

५८ लाख ६ हजार ५६४ जनसंख्या भएको सानो मुलुक डेनमार्कमा २ लाख २१ हजार ७१ जना कोरोना भाइरसका संक्रमित छन् । डेनमार्कमा हालसम्म २ हजार ३९३ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ । त्यस्तै ५४ लाख ५१ हजार ३३ जनसंखया भएको नर्वेमा संक्रमितको संख्या ८१ हजार ३०५ छ । नर्वेमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट ६४० जनाको मृत्यु भएको छ ।

भ्याक्सिन उत्पादक कम्पनीका अनुसार अहिलेसम्म खोप लगाएकाहरु मध्ये १५ जनामा ‘डिप भेइन थ्रोम्बोसिस’ र २२ जनामा ‘पल्मनरी एम्बोलिजम’ भएको रिपोर्ट गरिएको छ, जुन अन्य लाइसेन्स प्राप्त कोभिड खोपहरु जस्तै स्तरमा भएको बताइएको छ । कम्पनीले यो धेरै गम्भीर विषय भएकाले थप परीक्षण र रिसर्च सञ्चालन भइरहेको पनि बताएको छ । यद्यपी एस्ट्राजेनेका खोपलाई सुरक्षित बताइएको थियो ।

खोप लगाएकाहरुको रगत जम्ने थालेपछि उक्त खोप अभियान सोमबारदेखि जर्मनीले स्थगित गरेको हो । युरोपियन मुलुकमध्ये जर्मनी ठूलो मुलुक हो । आयरल्याण्ड डिउटी प्रमुख डा. रोनन ग्लिनले भने– एस्ट्राजेनेका भ्याक्सिन लगाएपछि युवाहरुमा समेत रगत जम्न थालेकाले खोप अभियान रोक्न बाध्य भएका हौं भनेका छन् । उता, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले भने रगत जम्ने बढ्दो जोखिम र एस्ट्राजेनेकाको खोपबीच कुनै सम्बन्ध नभएको र यो खोप सुरक्षित रहेको बताउँदै आएको छ । ९० लाख ४२ हजार ५४८ जनसंख्या भएको अष्ट्रियाले गत हप्ता रगत जम्ने सम्बन्धी समस्याकै कारण मृत्यु भएका एक व्यक्तिको अनुसन्धान गरिरहँदा एस्ट्राजेनेका खोपको प्रयोग रद्द गराएको हो । अष्ट्रियामा कोरोना भाइरसका कुल संक्रमित ४ लाख ९५ हजार ४६४ छ । त्यहाँ ८ हजार ८९२ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

डच सरकारले नर्वे र डेनमार्कको रिपोर्टपछि वास्तवमै यसका गम्भीर साइड इफेक्ट सम्भव भएकाले सावधानी अपनाउन यस्तो निर्णय लिइएको हो । नेदरल्यान्ड्सले यो खोपको १ करोड २० लाख डोज सुरुवातमै प्रि–अर्डर गरेको थियो । जसमा ३ लाख डोज आगामी दुई हप्ताभित्र आइपुग्ने निश्चित भएको थियो ।

त्यस्तै, ६ करोड ९९ लाख २३ हजार ३५६ जनसंख्या भएको थाइल्यान्डले पनि एस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयले संयुक्त रुपमा बनाएको कोरोना खोपको प्रयोगमा अस्थायी रुपमा रोक लगाएको छ । थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान ओ चा तथा केन्द्रीय मन्त्रीहरुले शुक्रबार खोप लगाएर मुलुकभर कोरोना खोप अभियान सुरु गर्ने योजना बनाएको थियो । तर एस्ट्राजेनेका–अक्सफोर्ड कोरोना खोप लगाएका व्यक्तिको शरीरमा रगत जम्ने (ब्लड क्लटिङ) को समस्या देखिएको केही रिपोर्ट सार्वजनिक भएका कारण उक्त अभियान हाललाई रोकिएको बताइएको छ । सुरक्षित मानिएको थाइल्याण्ड २७ हजार ५ जना मात्र कोरोना भाइरसका संक्रमित छन् । संक्रमितमध्ये २६ हजार १५४ जनालाई निको भैसकेको छ । हालसम्म कोरोना भाइरसको संक्रमणबाट ८७ जनाको मात्र मृत्यु भएको छ ।

यसमा थुप्रै मुलुकले सावधानीपूर्ण नीतिको आधारमै खोपको प्रयोगमा पूर्ण रोक लगाउनु अत्यन्तै दुःखद् खबर भएको बेलायतका सरकारी परामर्शदाता पिटर इङलिसले समाचार संस्था रोयटर्ससँग बताए ।