तरुण खबर
३ चैत्र २०७७, मंगलवार १७:१०
अमेरिकामा १५, मार्चमा करिब १३ लाख ७९ हजारको परीक्षण, ४५ हजार संक्रमितक
काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टा (१५, मार्च) १३ लाख ७९ हजार१२५ जनाको नमुना परीक्षण गर्दा ४५ हजार ४५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । १४, मार्चमा ११ लाख ५५ हजार ६३९ जनाको नमुना परीक्षण गर्दा ४२ हजार ५८४ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए ।
पछिल्लो २४ घण्टा (१५, मार्च) मा अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ७८५ जनाको मृत्यु भएको छ । १४, मार्चमा ६३१ जना संक्रमणबाट मृत्यु भएको थियो । अमेरिकामा नेपाली समय अनुसार चैत ३ गते मंगलबार बिहान ७.३० बजेसम्ममा ३ करोड १ लाख ३८ हजार ५८६ जना कोरोना भाइरसका संक्रमित पुगेका छन् । कुल संक्रमितमध्ये मंगलबार बिहान ७.३० बजेसम्ममा २ करोड २२ लाख ८६ हजार ५५१ जनालाई कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार चैत ३ गते विहान ७.३० बजेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ७३ लाख ४ हजार २२ जना छन् ।
नेपाली समय अनुसार चैत ३ गते मंगलबार बिहान ७.३० बजेसम्ममा अमेरिकाले ३८ करोड १६ लाख २७ हजार ४९९ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १८ लाख १२ हजार १५७ जनामध्ये करीब ४ करोड ९८ लाख १५ हजार ३४२ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करिब ४ करोड ९८ लाख १५ हजार ३४२ भन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ । विश्वमै कुल जनसंख्या भन्दा बढीको कोरोना भाइरसको परीक्षण गर्ने एक मात्र मुलुक अमेरिका भएको छ । अमेरिकामा कोरोनाको संक्रमणबाट चैत ३ गते मंगलबार बिहान ७.३० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ५ लाख ४८ हजार १३ जनाको मृत्यु भैसकेको छ ।
चैत ३ गते बिहान ७.३० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या १२ करोड ७ लाख ६६ हजार १९ छ । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या २६ लाख ७१ हजार ७७६ जना छन् ।


