बैंक अफ काठमाण्डूद्वारा नयाँ सेवा सुरु

बैंक अफ काठमाण्डूद्वारा नयाँ सेवा सुरु तरुण खबर ४ चैत्र २०७७, बुधबार १७:१३
बैंक अफ काठमाण्डूद्वारा नयाँ सेवा सुरु

कठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो डिजिटल कारोबार बस सेवामा विस्तारित गरेको छ । उक्त सेवा श्री पूर्वी नेपाल यातायात, श्री कंकाई माई पाथीभरा यातायात र श्री सुपर जनसेवा यातायात समितिद्वारा सञ्चालित २२ वटा बसहरुमा भाडा संकलनार्थ यो सेवा सुरु गरेको हो । यही फाल्गुण २८ गतेदेखि यातायात सुरु भएको हो ।

उक्त कार्यक्रममा बैंकले प्रदेश नं १ को प्रादेशीक कार्यालय प्रमुख रवि काफ्लेले सम्बन्धित यातायात समितिका प्रतिनिधीहरुलाई हस्तारण गरेका थिए । यो सेवा सेवाको शुभारम्भसँगै श्री पूर्वी नेपाल यातायातमा काँकडभीट्टा, बिर्तामोड, दमक, उल्र्लाबारी, बेलबारी, बिरोटचोक देखी ईटहरी हुदै बिराटनगर र धरानसम्म यात्रा गर्नुहुने सम्पूर्ण महानुभावहरुले बसमा राखीएको बैंक अफ काठमाण्डू लिमिटेडले हस्तान्तरण गरेको क्यूआर कोडलाई स्क्यान गरी बस भाडा भुक्तानी गर्न सक्नुहुनेछ ।

साथै, श्री कंकाई माई पाथीभरा यातायातद्वारा सञ्चालित ७ वटा बसहरुले काँकडभीट्टा, बिर्तामोड, दमक, उल्र्लाबारी, बेलबारी, बिरोटचोक देखी ईटहरी हुदै बिराटनगर र धरानसम्म बस सेवाको सुबिधा दिईरहेकोमा अब उपरान्त् यस बससेवा प्रयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुले क्यूआर कोड स्क्यान गरी डिजिटल तवरले भाडा भुक्तानी गर्न सक्नुहुनेछ । साथै, यस बैंकद्वारा राखिएको छोटो दुरीको यातायात सेवाहरुमा काँकडभीट्टा, बिर्तामोड, दमक, उल्र्लाबारी, बेलबारी, बिरोटचोकदेखि ईटहरी हुदै बिराटनगर र धरानसम्म सञ्चालित हुने श्री सुपर जनसेवा यातायात समितिका ५ बसहरुमा डिजिटल तवरले भाडा भुक्तानी गर्न सकिने छ ।

हालसम्म बैेंकका ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरहरुबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ । यससँगै बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना शाखा कार्यालयहरुलाई परिचालन गरी देशका विभिन्न ब्यापारिक तथा अन्य स्थानहरुमा राखी डिजिटल कारोबारको लागी ग्राहकहरुलाई अभिप्रेरित गराउने योजना बनाएको छ ।