तरुण खबर
४ चैत्र २०७७, बुधबार १७:१८
काठमाडौं । विलभ्ड इन्टरटेन्मेन्ट प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको सस्पेन्स् र थ्रिलर चलचित्र एको शुभमुर्हत गरेर छायाँकन सुरु भएको छ । आज विहान कलाकार रवि गिरीले मुर्हत टेक दिएर सुरु भएको चलचित्रको छायाँकन भने काठमान्डौं, बनेपा र सागाँमा हुने निर्माण टिमले जानकारी दिएको छ ।
यस चलचित्रको मुख्य भूमिकामा प्रमोद अग्रहरी, सोहित मानन्धर, छोल्टिम गुरुङ्ग, रिस्ता बस्नेत र रवि गिरी रहेका छन् भने अन्य कलाकारमा प्रविन खतिवडा, सि.एम. भारद्वाज, बिकेश प्रजापति, सुरज विष्ट, समिक्षा क्षेत्री, अजित रेग्मी, विपिन कार्की र गिता बिष्ट छन् भने बालकलाकारमा जसिकाघिमिरे, अभिमान सिहं बस्नेत, प्रतिक भुजेल र रुपेस थापा रहेका छन् ।
यो चलचित्रको पटकथा तथा सम्बाद भने भोमन कटुवाल र आकाश उखेडाको रहेको छ । चलचित्रको छायाँकंन मोहनकुमार झिल्लुले गर्ने भएका छन् भने सम्पादनमा अनिलकुमार महर्जन रहेका छन् । यस चलचित्रको निर्देशन भने भोमन कटुवालले गर्दैछन् । चलचित्रमा प्रलाद काफ्लेको लगानी रहेको छ ।


