दुग्ध विकास संस्थानद्वारा सञ्चालक समितिका पदाधिकारी माग

दुग्ध विकास संस्थानद्वारा सञ्चालक समितिका पदाधिकारी माग तरुण खबर ५ चैत्र २०७७, बिहीबार १७:१६
दुग्ध विकास संस्थानद्वारा सञ्चालक समितिका पदाधिकारी माग

काठमाडौं । २००९ सालमा दुई ठाउँमा दुग्ध संकलन केन्द्रबाट सुरु भएको दुग्ध विकास संस्थानले सञ्चालक समितिको सदश्यका लागि आह्वान गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सदस्यको लागि आह्वान गरेको हो । समितिमा रिक्त रहेको सदस्य पदको मनोनयनको लागि योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरूले आगामी २१ दिनमा कार्यालय समयभित्र मन्त्रालयको कर्मचारी प्रशाासन शाखा, बोर्ड संस्थान समन्वय डेस्क सिंहदरबार काठमाडौंमा गोप्य शिलबन्दी आवेदना दिन आग्रह गरेको छ ।

मन्त्रालयले संस्थानको लागि विभिन्न तीन पदका लागि ३ जना सदस्यको माग गरेको छ । जसमा एक जना सम्बन्धित विषय विशेषज्ञमध्येबाट मान्यता प्राप्त शिक्षण संस्थानबाट कम्तीमा स्नातक वा सो सरह उत्तीर्ण गरेको र ३० वर्ष उमेर पूरा भएको हुनुपर्ने जनाएको छ । त्यस्तै, एक जना दुग्ध व्यवसायीमध्येबाट दुग्ध व्यावसायिक क्षेत्रमा कम्तीमा ५ वर्षको अनुभव प्राप्त र ३० वर्ष उमेर पूरा भएको र एक जना दुग्ध उत्पादन कृषकहरू मध्येबाट दुग्ध उत्पादन सम्बन्धि कार्यमा कम्तीमा ५ वर्षको अनुभव हासिल गरेको हुनुपर्ने योग्यता र अनुभव तोकेको छ ।

मन्त्रालयले सम्बद्ध सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति तथा मनोनया सम्बन्धि निर्देकिका, २०७६ को अनुसूची–२ बमोजिमको दरखास्त-प्रतिबद्धता पत्रसाथ आफूले मनोनित हुन चाहेको सूचना स्पष्ट खुलाई विभिन्न कागजात पेश गर्नुपर्नेछ । मन्त्रालयले तोकेको कागजातमा नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक प्रमाणपत्रको प्रतिलिपि, वैयक्तिक विवरण, आफूलाई सम्बन्धित पदाधिकारीमा मनोनयन गर्नुपर्नाका कारण, निर्देशिकाको दफा ४ बमोजिम अयोग्य नभएको पेश गर्नुपर्ने जनाएको छ । मन्त्रालयका अनुसार सिफरिस समितिले कुनै कारण उल्लेख गरी दिाधिकारी मनोनयनको सिफारिस सम्बन्धित सूचना स्थगित वा रद्द गर्न सक्नेछ । त्यसैगरी, मनोनयनका लागि सिफरिस गर्ने÷नगर्ने सम्बन्धि सम्पूर्ण अधिकार सिफरिस समितिमा निहित रहनेछ । साथै, समितिले आवश्यक देखेका कागजातहरू जुनसुकै समयमा माग गर्न सक्नेछ ।

२००९ सालमा काभ्रे र भक्तपुरबाट दुःध संकलन गर्ने उद्देश्यले दुई वटा केन्द्र स्थापना गरिएको केन्द्र नै कालानतरमा संस्थान ऐन २०२१ अन्तर्गत २०२६ साल श्रावण १ गते दुग्ध विकास संस्थानमा परिणत गरिएको हो ।  संस्थानको शुरु अवस्थामा उपत्यका भित्र मात्र दूध प्रशोधन एवं विक्री वितरण कार्य एवं हिमाली भेगमा केही याक चीज उत्पादन केन्द्रहरु स्थापित भई संचालनमा रहेकोमा संस्थान स्थापना पश्चात यसले निरन्तर आफ्नो कार्य क्षेत्रमा विस्तार गर्दै लगेको हो । हाल संस्थानको कार्य क्षेत्र भित्र आठवटा दुग्ध वितरण आयोजनाहरु संचालनमा रहेको छ ।