तरुण खबर
५ चैत्र २०७७, बिहीबार १७:२४
काठमाडौं । ह्वाइट म्याजिक स्टुडियोको प्रस्तुतिमा म्युजिक भिडियो ‘लालुमै’ सार्वजनिक गरिएको छ । मनोवादको आवाज, शब्द रचना र लय सिर्जना रहेको गीतको भिडियोलाई प्रवीण खतिवडाले निर्देशन गरेका हुन् । स्वदेशमै घर, संसार र सम्भावना हुँदाहुँदै ठूला सपनाहरू बोकेर बिदेशीने युवाहरूको घर परिवार र देश प्रतिको प्रेमको कथा हो ‘लालुमै’ । गीतको सङ्गीत संयोजन रुविन श्रेष्ठ (कुटुम्ब) ले गरेका छन् ।
सुरज महर्जनको कन्सेप्टमा तयार पारिएको भिडियोमा प्रमिला खनाल, आर्जेश रेग्मी, गुन्जन जोशी, अन्जु देउजा, विजय बराल, घनश्याम जोशी ,मौसम खड्का, राज न्यौपाने, उत्तमराज पाण्डे, शक्ति राई, उमेश तामाङ, रञ्जना ओली र सुरज तमु लगायतको अभिनय रहेको छ । नवीन बाबु गुरुङ र सुशील तामाङले संयुक्त रूपमा खिचेको भिडियोको सम्पादन र कलरिङ् निशान घिमिरेले गरेका हुन् ।
https://www.youtube.com/watch?v=yVqCzVRtoLo


