विश्वभरमा कुल संक्रमितमध्ये २७ लाखभन्दा बढीको मृत्यु

विश्वभरमा कुल संक्रमितमध्ये २७ लाखभन्दा बढीको मृत्यु तरुण खबर ६ चैत्र २०७७, शुक्रबार १७:०९
विश्वभरमा कुल संक्रमितमध्ये २७ लाखभन्दा बढीको मृत्यु

अमेरिकामा १८, मार्चमा करिब १६ लाख ९७ हजारको परीक्षण, ६२ हजार संक्रमितक

काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टा (१८, मार्च) मा १६ लाख ९७ हजार ४८३ जनाको नमुना परीक्षण गर्दा ६२ हजार ६२९ जना कोरोना संक्रमित थपिएका छन् । १७, मार्चमा १४ लाख ६५ हजार ९२० जनाको नमुना परीक्षण गर्दा ६३ हजार ४९५ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए ।

त्यस्तै, पछिल्लो २४ घण्टा (१८, मार्च) १७ सय ५ जना कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । १७, मार्चमा १२ सय ९२ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको थियो ।  अमेरिकामा नेपाली समय अनुसार चैत ६ गते शुक्रबार बिहान ७.०० बजेसम्ममा ३ करोड ३ लाख ५८ हजार ८८० जना कोरोना भाइरसका संक्रमित पुगेका छन् । कुल संक्रमितमध्ये शुक्रबार बिहान ७.०० बजेसम्ममा २ करोड २५ लाख २३ हजार ७९९ जनालाई  कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार चैत ६ गते विहान ७.०० बजेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ७२ लाख ८२ हजार ६११ जना छन् ।

नेपाली समय अनुसार चैत ६ गते शुक्रबार बिहान ७.०० बजेसम्ममा अमेरिकाले  ३८ करोड ५६ लाख ७० हजार ४४१ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १८ लाख १२ हजार १५७ जनामध्ये करीब ५ करोड ३८ लाख ५८ हजार २८४ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करिब ५ करोड ३८ लाख ५८ हजार २८४ भन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ । विश्वमै कुल जनसंख्या भन्दा बढीको कोरोना भाइरसको परीक्षण गर्ने एक मात्र मुलुक अमेरिका भएको छ । अमेरिकामा कोरोनाको संक्रमणबाट चैत ६ गते शुक्रबार बिहान ७.०० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ५ लाख ५२ हजार ४७० जनाको  मृत्यु भैसकेको छ ।

चैत ६ गते बिहान ७.०० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या १२ करोड २३ लाख ५५ हजार ३१० छ । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या २७ लाख २ हजार ४३९ जना छन् ।