शुक्रबार राती ११ बजेतिर फेसबुक बन्द

शुक्रबार राती ११ बजेतिर फेसबुक बन्द तरुण खबर ७ चैत्र २०७७, शनिबार ११:१३
शुक्रबार राती ११ बजेतिर फेसबुक बन्द

अकस्मात किन भयो फेसबुक बन्द ?

काठमाण्डौ । संसारका सबै देशमा करिब ४५ मिनेट फेसबुक, व्हाट्सएप र इंस्टाग्रामजस्ता सोशल मिडिया शुक्रवार राती ११ बन्द भएका थिए । करोडौं उपयोगकर्ताबीच हाहाकार मच्चिएको थियो । वेबसाइट ‘डाउनडिटेक्टर’ ले फेसबुकसँग जोडिएका सोशल मिडियाहरु ठप्प भएको गुगलले जानकारी दिएको छ ।

व्हाट्सएप डाउन भएको सोशल मिडिया कम्पनीद्वारा विज्ञप्ति जारी गरी प्रतिक्रिया दिएको छ । व्हाट्सएपले भनेको छ– करिब ४५ मिनेट बन्द रहेको सेवा सुचारु भैसकेको कम्पनीले जानकारी दिएको छ । फेसबुक मात्र होइन, इन्टाग्राम, टिन्डर, एओएल इन्स्टान्ट मेसेन्जर र वीच्याट समेत केही समयका लागि बन्द भएका थिए । नेपाली समय अनुसार झण्डै ११ बजेरदेखि फेसबुक खुल्न छाड्यो र यो क्रम४५ मिनेटसम्म जारी रह्यो । झण्डै एक घण्टासम्म फेसबुक बन्द भएपछि ठूलै तहल्का मच्चियो ।

ह्याकरले फेसबुकमा आक्रमण गरेको हल्ला पनि चल्यो । तर, एक घण्टापछि नै साइट संचालनमा आएपछि प्रयोगकर्ताहरु ढुक्क भएका थिए । आखिर एक्कासी किन फेसबुक बन्द भयो त भन्ने प्रश्नको उनीहरुसँग थिएन । फेसबुकको मुख्यालयमै आएको प्राविधिक समस्याका कारण यस्तो भएको हो । फेसबुकमा समस्या आउँदा त्यसले अन्य सोसल नेटवर्कमा पनि स्वतः प्रभाव पारेको हो ।

फेसबुक केही समयका लागि प्राविधिक समश्य आएको विषयमा प्रष्टिकरण दिँदै फेसबुकले भनेको छ ‘ कुनै तेश्रो पक्षको आक्रमणका कारण यस्तो भएको होइन । हामीले सुरु गरेको केही परिवर्तनले प्रणालीमा प्रभाव पारेका कारण यस्तो हुन गएको हो । गत जुन महिनामा पनि झण्डै ३० मिनेटसम्म फेसबुक बन्द भएको थियो । –विभिन्न सञ्चार माध्यमको सहयोगमा ।