तरुण खबर
१० चैत्र २०७७, मंगलवार ०८:०३
धेरै राज्यमा फेरी लकडाउन र कफ्यु
काठमाडौं । भारतभर कोरोना भाइरसका नयाँ संक्रमण बढ्दै गएपछि केही राज्यामा भारत सरकारले कडा नियम लगाएको छ । सोमबार बिहान ७ बजेसम्ममा भारतमा कोरोनाभाइरस संक्रमितको कुल संख्या १ करोड १६ लाख ४५ हजार ७१९ छ । महाराष्ट्र, मध्य प्रदेश, उडिसा, गुजरात समेतका प्रमुख शहरमा कतै लकडाउन, कतै कप्mर्यू लगाइएको छ ।
भारतका केही शहरमा पूर्ण लकडाउन लगाइएको छ भने केही शहर राती कर्फ्यू लगाइएको छ । नजिकै आइरहेको फागुपूर्णिमा सार्वजनिक रुपमा नमनाउन प्रदेश सरकारले सार्वजनिक रुपमै अनुरोध गरेको छ । उनीहरुले भनेका छन्– ’मेरी होली–मेरे घर’ भन्ने नारा नै तय गरेका छन् । भारतमा घुम्न आउने पर्यटकले कोरोना भाइरसको परीक्षण गर्नै पर्ने र नेगेटिभ रिपोर्ट देखाउनु पर्ने अनिवार्य व्यवस्था गरेको छ ।
गुजरात सरकारले सार्वजनिक रुपमा होली खेल्न प्रतिबन्ध लगाएको छ । उपमुख्यमन्त्री नितिन पटेलले टोली बनाएर होली खेल्न मात्र रोकिएको हो, परम्रा रोक्न खोजिएको होइन भनेका छन् भनी हिस्दुस्तान टाइम्सले लेखेको छ । भारतमा कुलसंक्रमितमध्ये १ लाख ६० हजार ३ जना कोरोना भाइरसको संक्रमणबाट निधन भैसकेको छ ।
राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले संक्रमणको रोकथामका लागि कोविड–१९ प्रोटोकलको पालना गर्न निर्देशन दिएका छन् । राजस्थानको ८ शहरमा रात्रिकालीन कर्फ्यू लगाइएको छ, पाँचभन्दा बढी कोरोना भाइरसका संक्रमित देखिएका छन् । मध्य प्रदेशका तीन शहरमा लकडाउन लगाइएको छ । भोपाल, जबलपुर, इन्दौरलगायतका शहरमा लकडाउन लगाइएको हो ।
छत्तीसगढमा विद्यालय, कलेज बन्द गरिएको छ । मुख्यमन्त्री भूपेन्द्र बघेलको अध्यक्षतामा बसेको बैठकले कोरोना महामारी रोक्न जुनसुकै कदम चाल्ने निर्णय गरेको छ । भारतमा संक्रमण बढेपछि नेपालले सार्वजनिक कार्यक्रममाथि प्रतिबन्ध लगाएको छ । नेपालमा २ लाख ७५ हजार ९०९ जना कोरोना भाइरसका संक्रमित छन् ।


