स्पष्टिकरण सोधिएका नेताहरुले पार्टीलाई जवाफ नदिने

स्पष्टिकरण सोधिएका नेताहरुले पार्टीलाई जवाफ नदिने तरुण खबर १० चैत्र २०७७, मंगलवार १७:०१
स्पष्टिकरण सोधिएका नेताहरुले पार्टीलाई जवाफ नदिने

उहाँले शत्रु ठान्नुभएको छ, त्यसैले बदला लिँदै हुनुहुन्छस् नेता घनश्याम भुसाल

काठमाडौं । नेकपा एमालेले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित चार जना नेतालाई “पार्टीभित्र समानान्तर गतिविधि सञ्चालन गरिरहेको“ आरोपमा स्पष्टीकरण सोधेको छ । पार्टीका महासचिव ईश्वर पोखरेलले स्पष्टिकरण सोधेका हुन् । स्पष्टीकरण सोधिएका नेतामा उपाध्यक्ष भीम रावल, सांसद सुरेन्द्र पाण्डे र उपमहासचिव घनश्याम भुसाल छन् । घनश्याम भुसाललाई चार, अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको प्रश्न जोडेर भीम रावल र सुरेन्द्र पाण्डेलाई पाँच–पाँच र समूह नेताको हैसियतमा माधव नेपालसँग १० प्रश्न सोधिएको छ । एमालेका कार्यालयका अनुसार नेताहरूका घरमा नै एमालेका कार्यालय सहयोगीले पत्र पु-याएका छन् । पष्टीकरण सोधिएपछि पूर्वमहासचिव नेतासहित चार नेताहरूले कस्तो जबाफ देलान् भन्ने कुरालाई नेता, कार्यकर्ताले उत्सुकतापूर्वक हेरिएका छन् ।

गत शनिवार एमालेको केन्द्रीय समितिको बैठकले चार नेताहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । त्यसअघि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले दिएको कारबाहीको चेतावनीलाई बेवास्ता गर्दै नेपाल र खनाल पक्षले राजधानीमा दुईदिने राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको थियो । गत बिहीवार सकिएको असन्तुष्ट पक्षको भेलाले प्रधानमन्त्री ओलीले “आफ्नो गुटका सीमित व्यक्तिहरूबाहेक केन्द्रीय समितिका सदस्यहरूलाई जानकारी नगराई“ विधान संशोधन, केन्द्रीय कमिटी पदाधिकारी हेरफेर र नयाँ सदस्यहरू मनोनयन गरेको भन्दै त्यसलाई अस्वीकार गर्ने निर्णय गरेको थियो ।

स्पष्टीकरण सोधिएका नेता के भन्छन् ?
एमालेका पाँचै जना नेताले स्पष्टिकरणको जवाफ नदिने भएका छन् । उनीहरुले आफूले पत्र प्राप्त नगरिसकेको बताउँदै भने– स्पष्टिकरण सोध्ने भनेर उहाँहरूले गर्नुभएको काम अवैध, पार्टीको विधानविपरीत , राजनीतिक दृष्टिकोणले अनैतिक र लोकतान्त्रिक दृष्टिकोणले अलोकतान्त्रिक छ भनेका छन् । त व्यक्तिहरूबाहेक केन्द्रीय कमिटीका सदस्यहरूलाई जानकारी नगराई“ विधान संशोधन, केन्द्रीय समितिका पदाधिकारी हेरफेर र नयाँ सदस्यहरू मनोनयन गरेको भन्दै त्यसलाई अस्वीकार गर्ने निर्णय गरेको थियो ।

स्पष्टिकरण सोधिएका नेताहरुले भने– केपी शर्मा ओलीले पार्टीको विधान कुल्चिएर कथित रूपमा संशोधन गर्ने, एमालेको सदस्य नभएका व्यक्तिलाई स्थान नै रिक्त नरहेको केन्द्रीय समितिमा राख्ने जस्तो काम गरिसकेपछि पार्टीको एकता जोगाउन हामी छलफल गर्न बाध्य भएका हौँ । नेपाल–खनाल पक्षका नेताहरू पार्टीभित्रको एकता जोगाउन एमाले र माओवादी केन्द्रबीचको एकीकरण पूर्वको संघठनात्मक स्थितिमा प्रधानमन्त्री ओलीले पार्टीलाई फर्काउनुपर्ने माग गरिरहेका छन् ।

संसद् र संविधानविरुद्ध देशभित्र र बाहिरका सेटिङका साथ ओलीले जे षड्यन्त्र गर्नुभएको थियो, त्यसमा चोट खाएर निस्कनुभएको छ । त्यसैले उहाँले त्यसको बदला हामीसँग लिन खोज्दै हुनुहुन्छ ।  आगामी दिनमा स्वयं सरकार, राष्ट्रपति कार्यालय, अख्तियार, निर्वाचन आयोग र उहाँले उपयोग गर्न सक्ने सत्ताका सारा संयन्त्र दुरुपयोग गर्दै जानुहुन्छ । त्योचाहिँ चिन्ताको विषय हो । जो चाकर हुन स्वीकार गर्दैनन्, उहाँको सिद्धान्तमा ती सबै शत्रु हुन् । चाकरहरूलाई आदेश गरिन्छ र शत्रुहरूलाई बदला लिइन्छ । उहाँले हामीलाई शत्रु ठान्नुभएको छ, त्यसैले बदला लिँदै हुनुहुन्छ  एमालेद्वारा स्पष्टिकरण सोधिएका नेता घनश्याम भुसालले भनेका छन् ।