माछापुच्छ्रे बैंकले नेपालगंजमा सुरु ग-यो क्यूआर कोड

माछापुच्छ्रे बैंकले नेपालगंजमा  सुरु ग-यो क्यूआर कोड तरुण खबर १० चैत्र २०७७, मंगलवार १७:१५
माछापुच्छ्रे बैंकले नेपालगंजमा  सुरु ग-यो क्यूआर कोड

काठमाडौं । माछापुच्छ्रे बैंकले नेपालगंजमा एकै दिन चार स्थानमा क्यूआर कोड सुरु गरेको छ । बैंकले सनराइज यातायात, हङकङ बजार, रानी तलाउमा रहेको कृषि उपज बजार समिति र कोहलपुरमा रहेको कृषि बजार व्यवस्थापन समिति अन्तर्गत संचालनमा रहेको तरकारी तथा फलफूल पसलमा क्यूआर कोड हस्तान्तरण गरेको हो । राष्ट्र बैंकका नेपालगंज निर्देशक गोविन्दप्रसाद नागिलाले क्यूआर कोड सेवा सुरु गरे । क्यूआर कोड सेवा सुरु भएसँगै नेपालगंजबाट दाङ, धनगढी र बर्दिया रुटमा चल्ने सनराइज यातायातमार्फत यात्रा गर्नेले क्यूआर कोडमार्फत भुक्तानी गर्न सक्नेछन् । नेपालगंजको न्यूरोडमा रहेको हङकङ बजार र दुई वटा तरकारी बजारमा सामान किन्दा नगद लिएर जानुनपर्ने भएको छ ।