अमेरिकाले कुल जनसंख्याभन्दा ६ करोड ४ लाख बढीको परीक्षण ग-यो

अमेरिकाले कुल जनसंख्याभन्दा ६ करोड ४ लाख बढीको परीक्षण ग-यो तरुण खबर ११ चैत्र २०७७, बुधबार १७:१८
अमेरिकाले कुल जनसंख्याभन्दा ६ करोड ४ लाख बढीको परीक्षण ग-यो

अमेरिकामा २३, मार्चमा करिब ११ लाख ५७ हजारको परीक्षण, ५८ हजार संक्रमित

काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टा (२३, मार्च) मा ११ लाख ५७ हजार ८१६ जनाको नमुना परीक्षण गर्दा ५८ हजार ७०१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । २२, मार्चमा १२ लाख ७७ हजार ७६१ जनाको नमुना परीक्षण गर्दा ४५ हजार ७९१ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए । त्यस्तै, पछिल्लो २४ घण्टा (२३, मार्च) मा ९३६ कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । २२, मार्चमा ६ सय ३८ जनाको संक्रमणबाट मृत्यु भएको थियो ।

अमेरिकामा नेपाली समय अनुसार चैत ११ गते बुधबार बिहान ७.०० बजेसम्ममा ३ करोड ६ लाख ३६ हजार ५२४ जना कोरोना भाइरसका संक्रमित पुगेका छन् । कुल संक्रमितमध्ये बुधबार बिहान ७.०० बजेसम्ममा २ करोड ३० लाख ३९ हजार ५६९ जनालाई  कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार चैत ११ गते विहान ७.०० बजेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ७० लाख ४० हजार ७२ जना छन् ।

नेपाली समय अनुसार चैत ११ गते बुधबार बिहान ७.०० बजेसम्ममा अमेरिकाले  ३९ करोड २२ लाख २१ हजार ६९१ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १८ लाख १२ हजार १५७ जनामध्ये करीब ६ करोड ४ लाख ९ हजार ५३४ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करिब ६ करोड ४ लाख ९ हजार ५३४ भन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ ।

विश्वमै कुल जनसंख्या भन्दा बढीको कोरोना भाइरसको परीक्षण गर्ने एक मात्र मुलुक अमेरिका भएको छ । अमेरिकामा कोरोनाको संक्रमणबाट चैत ११ गते बुधबार बिहान ७.०० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ५ लाख ५६ हजार ८८३ जनाको  मृत्यु भैसकेको छ ।

चैत ११ गते बिहान ७.०० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या १२ करोड ४७ लाख ८९ हजार ५५१ छ । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या २७ लाख ४५ हजार ३८३ जना छन् ।