तरुण खबर
१२ चैत्र २०७७, बिहीबार १७:०३
अमेरिकामा २४, मार्चमा करिब १६ लाख ४१ हजारको परीक्षण, ६६ हजार संक्रमित
काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टा (२४, मार्च) मा १६ लाख ४१ हजार ८४८ जनाको नमुना परीक्षण गर्दा ६६ हजार ५३८ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । २३, मार्चमा ११ लाख ५७ हजार ८१६ जनाको नमुना परीक्षण गर्दा ५९ हजार ५८८ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए । त्यस्तै, पछिल्लो २४ घण्टा (२४, मार्च) मा कोरोनाभाइरसका कारण १ हजार ४०५ जनाको मृत्यु भएको छ । २३, मार्चमा एक हजार ७० जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थियो ।
अमेरिकामा नेपाली समय अनुसार चैत १२ गते बिहीबार बिहान ७.०० बजेसम्ममा ३ करोड ७ लाख ४ हजार २९२ जना कोरोना भाइरसका संक्रमित पुगेका छन् । कुल संक्रमितमध्ये बिहीबार बिहान ७.०० बजेसम्ममा २ करोड ३१ लाख ३२ हजार ८७८ जनालाई कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार चैत १२ गते विहान ७.०० बजेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ७० लाख १२ हजार ९९२ जना छन् ।
नेपाली समय अनुसार चैत १२ गते बिहीबार बिहान ७.०० बजेसम्ममा अमेरिकाले ३९ करोड ३८ लाख ६३ हजार ५३९ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १८ लाख १२ हजार १५७ जनामध्ये करीब ६ करोड २० लाख ५१ हजार ३८२ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करिब ६ करोड २० लाख ५१ हजार ३८२ भन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ । विश्वमै कुल जनसंख्या भन्दा बढीको कोरोना भाइरसको परीक्षण गर्ने एक मात्र मुलुक अमेरिका भएको छ । अमेरिकामा कोरोनाको संक्रमणबाट चैत १२ गते बिहीबार बिहान ७.०० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ५ लाख ५८ हजार ४२२ जनाको मृत्यु भैसकेको छ ।
चैत १२ गते बिहान ७.०० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या १२ करोड ५४ लाख १५ हजार ८५८ छ । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या २७ लाख ५६ हजार ६० जना छन् ।


