इन्भेष्टमेन्ट र हिमालयनको मर्जर प्रक्रिया तीब्र

इन्भेष्टमेन्ट र हिमालयनको मर्जर प्रक्रिया तीब्र तरुण खबर १२ चैत्र २०७७, बिहीबार १७:०९
इन्भेष्टमेन्ट र हिमालयनको मर्जर प्रक्रिया तीब्र

काठमाडौं । हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकको मर्जर प्रक्रिया तीब्र गतिमा अघि बढेको छ । मर्जर गर्ने भनेर दुबै बैंकले सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) गराएका थिए । इन्भेष्टमेन्ट बैंकको यसै साता बसेको सञ्चालक समिति बैठकले उक्त डीडीए रिपोर्ट पारित गरेको छ । योसँगै मर्जर प्रक्रिया सम्झौताको नजिक पुगेको हो । उता हिमालयन बैंकले भने यसैसाता सञ्चालक समितिको बैठक बोलाएकोमा केही दिन पर सरेको बुझिएको छ ।

तर, स्रोतका अनुसार डीडीए रिापोर्टमा सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) १ बराबर १ कायम गरिनुपर्ने उल्लेख छ । डीडीए रिपोर्टमा दुबै बैंकको स्ट्रेन्थ बराबर भएको देखिएको छ । त्यसैगरी, अध्यक्ष इन्भेष्टमेन्ट बैंकक अध्यक्ष पृथ्वीबहादुर पाँडे र सीइओमा हिमालयन बैंकका अशोक राणा हुने समझदारी भएको छ । यी दुई बैंक मर्ज भएपछि बन्ने बैंक हरेक हिसाबले देशकै ठूलो बैंक बन्नेछ । र, अन्य बैंकहरुलाई पनि मर्जरमा जान दबाब सिर्जना हुने विश्वास गरिएको छ ।