कृषि कानून विरुद्ध आज भारत बन्द

कृषि कानून विरुद्ध आज भारत बन्द तरुण खबर १३ चैत्र २०७७, शुक्रबार १७:२३
कृषि कानून विरुद्ध आज भारत बन्द

काठमाडौं । कृषि कानूनको विरुद्धमा आज भारत बन्दको कार्यक्रम राखेका छन् । विभिन्न कृषि संगठनहरुले भारत बन्दको कार्यक्रम आयोजना गरेका हुन् । भारत बन्दमा रेल सेवा, बस सेवा र बजारसमेत बन्द हुने कृषि ट्रेड युनियनहरुले बताएका छन् । शुक्रबार बिहान ६ बजेदेखि मार्च २६ बिहान ६ बजेसम्म हुने वरिष्ठ किसान नेता बलबीर सिंह राजेवालले बताएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।

हिजोदेखि नै पंजाब, हरियाणा र पश्चिमी उत्तर प्रदेशका हजारौं किसान सिन्घू, टिकरी र गाजीपुरमा किसनहरुले धर्ना दिएका छन् । तीन कृषि कानूनको  रद्द गराउन पटक–पटक धर्ना, ¥याली जस्ता कार्यक्रम आयोजना भएका छन् ।  तमिलनाडु, असम, पश्चिम बंगाल, केरल र पुदुचेरीमा चुनाव भएकाले भारत बन्दको प्रभाव पर्ने छैन । भारत सरकारसँग आन्दोलनकारी किसानले ११ चरणसम्म वार्ता गरेका थिए, किसान आन्दोलनकारी र सरकार आ–आप्mनै अडानमा रहेका थिए ।