अमेरिकामा कुल संक्रमितमध्ये ७० लाख १६ हजारभन्दा बढी सक्रिए संक्रमित

अमेरिकामा कुल संक्रमितमध्ये ७० लाख १६ हजारभन्दा बढी सक्रिए संक्रमित तरुण खबर १४ चैत्र २०७७, शनिबार १०:०३
अमेरिकामा कुल संक्रमितमध्ये ७० लाख १६ हजारभन्दा बढी सक्रिए संक्रमित

अमेरिकामा २६, मार्चमा करिब १७ लाख ७ हजारको परीक्षण, ७६ हजार संक्रमित

काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टा (२६, मार्च) मा १७ लाख ७ हजार ५७० जनाको नमुना परीक्षण गर्दा ७६ हजार ९७६ जना कोरोनाभाइरसका संक्रिमित थपिएका छन् । २५, मार्चमा १३ लाख २३ हजार ५७ जनाको नमुना परीक्षण गर्दा ६७ हजार ७५४ जना कोरोनाभाइरसका संक्रमित थपिएका थिए । त्यस्तै, पछिल्लो २४ घण्टा (२६, मार्च) मा १२ सय २७ जनाको संक्रमणबाट मृत्यु भएको छ । २५, मार्चमा १२ सय २७ जनाको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको थियो ।

अमेरिकामा नेपाली समय अनुसार चैत १४ गते शनिबार बिहान ७.०० बजेसम्ममा ३ करोड ८ लाख ५३ हजार ३२ जना कोरोना भाइरसका संक्रमित पुगेका छन् । कुल संक्रमितमध्ये शनिबार बिहान ७.०० बजेसम्ममा २ करोड ३२ लाख ७५ हजार २६८ जनालाई  कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार चैत १४ गते विहान ७.०० बजेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ७० लाख १६ हजार ६२२ जना छन् ।

नेपाली समय अनुसार चैत १४ गते शनिबार बिहान ७.०० बजेसम्ममा अमेरिकाले  ३९ करोड ६८ लाख ९४ हजार १६६ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १८ लाख १२ हजार १५७ जनामध्ये करीब ६ करोड ५० लाख ८२ हजार ९ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करिब ६ करोड ५० लाख ८२ हजार ९ भन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ । विश्वमै कुल जनसंख्या भन्दा बढीको कोरोना भाइरसको परीक्षण गर्ने एक मात्र मुलुक अमेरिका भएको छ । अमेरिकामा कोरोनाको संक्रमणबाट चैत १४ गते शनिबार बिहान ७.०० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ५ लाख ६१ हजार १४२ जनाको  मृत्यु भैसकेको छ ।

चैत १४ गते बिहान ७.०० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या १२ करोड ६७ लाख ३६४ छ । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या २७ लाख ७९ हजार ७४१ जना छन्