संक्रमणबाट भारतमा एकै दिन (२७ मार्च) मा ३११ जनाको निधन

संक्रमणबाट भारतमा एकै दिन (२७ मार्च) मा ३११ जनाको निधन तरुण खबर १५ चैत्र २०७७, आईतवार ०९:५१
संक्रमणबाट भारतमा एकै दिन (२७ मार्च) मा ३११ जनाको निधन

काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण दोस्रो लहर चलेको दुई महिनाभन्दा धेरै भयो । २७, मार्चमा ११ लाख ६४ हजार ९१५ जनाको नमुना परीक्षण गर्दा ६२ हजार ६३१ संक्रमित थपिएका छन् । २६, मार्चमा ६२ हजार २९१ कोरोनाभाइरसका संक्रमित थपिएका थिए । २७, मार्चमै कोरोनाको संक्रमणबाट ३११ जनाको निधन भएको छ । भारतमा कुल संक्रमितको संख्या १ करोड १९ लाख ७१ हजार ४ जना छन् । संक्रमितमध्ये १ लाख ६१ हजार ५८६ जनाको निधन भएको छ । भारतमा सक्रिय संक्रमितको संख्या नै ४ लाख ८७ हजार ८४० छ ।