तरुण खबर
१५ चैत्र २०७७, आईतवार ०९:५९
९० भन्दा बढी व्यक्तिको हत्या गरेको दावी
काठमाडौं । म्यानमार (बर्मा) को सत्ता हत्याएको सैनिक शासकले शनिबार साँझ ७४ देखि ९० जना व्यक्तिको हत्या गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जानकारी दिएका छन् । हत्या गरिएकाहरुमा अधिकांशको टाउको र ढाडमा गोली हानीएको छ । सेनाले देशको राजधानीमा शनिवार परेडका साथ वार्षिक सशस्त्र बल दिवस मनाएको थियो । त्यसको विरोधमा देशका प्रमुख शहरमा आन्दोलनकारीहरुले प्रदर्शन गरेका थिए । लोकतान्त्रिक सरकारबाट सत्ता हत्याएपछि यो नै सबैभन्दा रक्तपात र कालो दिन रहेको आन्दोलनकारीका नेताहरुले बताएका छन् ।
म्यानमारको समाचार संस्था म्यानमा नाउका अनुसार सेना र प्रहरीद्वार मारिएकामा ९१ भन्दा बढी रहेका छन् । तर सैनिक शासकले मृतकको संख्या पुष्टि गरेको छैन । युरोपियन युनिएनलगायत अन्तर्राष्ट्रिय संघसंस्थाले बालबालिका र निशस्त्र नागरिकको हत्या गरेकोमा निन्दा गरेका छन् । गत शुक्रबारसम्ममा सैनिक शासकले ३२८ जना व्यक्तिको हत्या गरेको एशोसिएशन अफ पोलिटिकल प्रिजनर्सले पुष्टि गरेको छ ।


