ब्राजिलमा ३ लाख १७ हजार भन्दा बढीको संक्रमणबाट मृत्यु

ब्राजिलमा ३ लाख १७ हजार भन्दा बढीको संक्रमणबाट मृत्यु तरुण खबर १८ चैत्र २०७७, बुधबार १२:३१
ब्राजिलमा ३ लाख १७ हजार भन्दा बढीको संक्रमणबाट मृत्यु

भारतमा संक्रमणबाट १ लाख ६२ हजार ५०२ जनाको निधन
काठमाडौं । भारत र ब्राजिलको जनसंख्याको तुलना नै हुन सक्दैन । भारतको जनसंख्या १ अर्ब ३९ करोड ८६ हजार ५०८ छ भने ब्राजिलको २१ करोड ३६ लाख ८३ हजार ४८४ जनसंख्या छ । तर कोरोना भाइरसको संक्रमणमको हिसावले ब्राजिल अगाडी लागेको धेरै समय भएको छ । चैत १८ गते बुधबार बिहान ७.०० बजेसम्ममा ब्रजिलमा संक्रमितको कुल संख्या १ करोड २६ लाख ६४ हजार ५८ जनाभन्दा बढी छन् । संक्रमितमध्ये ब्राजिलमा ३ लाख १७ हजार ९३६ जनाभन्दा बढीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

जवकि विशाल मुलुक भारतमा चैत १८ गते बुधबार बिहान ७.०० बजेसम्ममा १ लाख ६२ हजार ५०२ जनाको निधन भएको छ । ब्राजिलमा ३० मार्चमा ८६ हजार ७०४ संक्रमित थपिएका छन् भने भारतमा ५३ हजार १५८ जना संक्रमित थपिएका छन् । ३० मार्चमै ३ हजार ६६८ जना व्यक्ति कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ भने भारतमा सोही दिन ३५५ जना मात्र संक्रमणबाट निधन भएको छ ।