कुल जनसंख्याभन्दा ७ करोड बढीको नमुना परीक्षण

कुल जनसंख्याभन्दा ७ करोड बढीको नमुना परीक्षण तरुण खबर १८ चैत्र २०७७, बुधबार १२:४१
कुल जनसंख्याभन्दा ७ करोड बढीको नमुना परीक्षण

अमेरिकामा ३०, मार्चमा करिब १२ लाख ८ हजारको परीक्षण, ६२ हजार संक्रमित
काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टा (३०, मार्च) मा १२ लाख ८ हजार १८० जनाको नमुना परीक्षण गर्दा ६२ हजार ४५९ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । २९, मार्चमा १५ लाख ७ हजार ११९ जनाको नमुना परीक्षण गर्दा ६० हजार १९८ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए । २४ घण्टा (३०, मार्च) मा ८७३ जना व्यक्ति कोरोनाको संक्रमणबाट मृत्यु भएको छ । २९, मार्चमा ६६१ जनाको संक्रमणबाट मृत्यु भएको थियो ।अमेरिकामा नेपाली समय अनुसार चैत १८ गते बुधबार बिहान ७.०० बजेसम्ममा ३ करोड १० लाख ९७ हजार १५४ जना कोरोना भाइरसका संक्रमित पुगेका छन् ।

कुल संक्रमितमध्ये बुधबार बिहान ७.०० बजेसम्ममा २ करोड ३५ लाख ८६ हजार ७९६ जनालाई कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार चैत १८ गते विहान ७.०० बजेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ६९ लाख ४६ हजार २२० जना छन् ।नेपाली समय अनुसार चैत १८ गते बुधबार बिहान ७.०० बजेसम्ममा अमेरिकाले ४० करोड २० लाख ५७ हजार ३१७ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १८ लाख १२ हजार १५७ जनामध्ये करीब ७ करोड २ लाख ४५ हजार १६० जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करिब ७ करोड २ लाख ४५ हजार १६० भन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ ।

विश्वमै कुल जनसंख्या भन्दा बढीको कोरोना भाइरसको परीक्षण गर्ने एक मात्र मुलुक अमेरिका भएको छ । अमेरिकामा कोरोनाको संक्रमणबाट चैत १८ गते बुधबार बिहान ७.०० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ५ लाख ६४ हजार १३८ जनाको मृत्यु भैसकेको छ ।चैत १८ गते बिहान ७.०० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या १२ करोड ८७ लाख ८८ हजार ९५८ छ । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या २८ लाख १५ हजार ३५ जना छन् ।