तरुण खबर
१९ चैत्र २०७७, बिहीबार ०९:५२
कुन प्रदेश सरकारको अबस्था कस्तो छ ?
काठमाडौं । नेकपा माओवादी केन्द्र वागमती प्रदेश सरकारबाट औपचारिक रूपमा बाहिरिएको छ । माओवादीले डोरमणि पौडेल नेतृत्वको प्रदेश सरकारलाई तीन वर्षदेखि गर्दै आएको समर्थन फिर्ता लिएको छ । यही सोमबार वागमती प्रदेशसभाको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । तर अविश्वासको प्रस्ताव तत्कालीन रूपमा अगाडि बढ्ने अवस्था छैन । प्रदेश सभा बैठकले संसदीय दलको नेतामा शालिकराम जम्मकट्टेल, उपनेता कुमारी मोक्तान, प्रमुख सचेकमा बुद्धिमान माझी, सचेतकमा प्रतिमा श्रेष्ठलाई चयन गरेको छ ।
२०७४ साल मंसिर १० र २१ गते भएको प्रदेश सभाको निर्वाचनबाट निर्वाचित प्रदेश सभाका सदस्यहरुको सपथग्रहण २०७४ माघ ७ गते भएको थियो । माघ १८ गते प्रदेश सभाको पहिलो अधिवेशनको पहिलो बैठक ज्येष्ठ सदस्य माननीय डोरमणि पौडेलको अध्यक्षतामा बसेको थियो । प्रदेश ३ को ११० सदस्यीय प्रदेशसभामा एमाले ५८ सिट जितेर एक्लै सरकार बनाउने हैसियत बनाएको छ । एमालेले दलको नेता डोरमणी पौडेललाई मुख्यमन्त्री बनाएको छ । त्यहाँ माओवादीले २३, कांग्रेसले २१, विवेकशील साझा पार्टीले ३, नेमकिपाले २, राप्रपाले २ सीट जितेको छ ।
त्यस्तै, प्रदेश १ को कुल ९३ सदस्यीय प्रदेशसभामा एमालेले ५१ सिट जितेको छ । सरकार बनाउन त्यहाँ ४७ सिट भए पुग्छ । प्रदेश १ मा माओवादीको १५ सिट छ । कांग्रेसको २१, जसपाको ३, राप्रपा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र स्वतन्त्रको १÷१ सिट छ । सबभन्दा सानो आकारको प्रदेशसभा कर्णालीको हो । ४० सदस्यीय सभामा सरकार बनाउन २१ सिट भए पुग्छ । एमालेको बहुमतभन्दा १ सिट मात्र कम छ । एमालेले त्यहाँ २० सिट जितेको छ । एक सिटका लागि उसलाई कांग्रेस वा राप्रपाको सहकार्य आवश्यक छ । त्यहाँ माओवादीले १३, कांग्रेसले ६ र राप्रपाले १ सिट जितेको छ ।
सुदूरपश्चिम प्रदेशसभामा ५३ सदस्यीय प्रदेशसभामा छ । सरकार बनाउन चाहिने २७ सांसद कुनै एक दलसँग छैन । सुदूरपश्चिममा पनि थोरैले एमाले बहुमत पाउनबाट वञ्चित भएको छ । एमालेले २५ सिट जितेको छ । माओवादीले १२, कांग्रेसले १४ र राजपाले २ सिट जितेको छ ।


