विश्वमा संक्रमितको संख्या १३ करोडभन्दा बढी

विश्वमा संक्रमितको संख्या १३ करोडभन्दा बढी तरुण खबर २० चैत्र २०७७, शुक्रबार १२:३१
विश्वमा संक्रमितको संख्या १३ करोडभन्दा बढी

अमेरिकामा १, अप्रिलमा करिब १७ लाख ५ हजारको परीक्षण, ७६ हजार संक्रमित
काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टा (१, अप्रिल) मा १७ लाख ५ हजार ४३२ जनाको नमुना परीक्ष गर्दा ७६ हजार ७८६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । ३१, मार्चमा १२ लाख ६९ हजार ५६७ जनाको नमुना परीक्षण गर्दा ७० हजार २६५ जना कोरोनाभाइरसका संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टा (१, अप्रिल) मा ९५२ जना कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । ३१, मार्चमा ११ सय ८९ जनाको संक्रमणबाट मृत्यु भएको थियो ।

अमेरिकामा नेपाली समय अनुसार चैत २० गते शुक्रबार बिहान ७.३० बजेसम्ममा ३ करोड १२ लाख ४४ हजार ६३९ जना कोरोना भाइरसका संक्रमित पुगेका छन् । कुल संक्रमितमध्ये शुक्रबार बिहान ७.३० बजेसम्ममा २ करोड ३७ लाख ५४ हजार ३९१ जनालाई कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार चैत २० गते विहान ७.३० बजेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ६९ लाख २३ हजार ६३७ जना छन् ।नेपाली समय अनुसार चैत २० गते शुक्रबार बिहान ७.३० बजेसम्ममा अमेरिकाले ४० करोड ५० लाख ३२ हजार ३१६ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ ।

अमेरिकाको कुल जनसंख्या ३३ करोड १८ लाख १२ हजार १५७ जनामध्ये करीब ७ करोड ३२ लाख २० हजार १५९ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करिब ७ करोड ३२ लाख २० हजार १५९ भन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ । विश्वमै कुल जनसंख्या भन्दा बढीको कोरोना भाइरसको परीक्षण गर्ने एक मात्र मुलुक अमेरिका भएको छ ।

अमेरिकामा कोरोनाको संक्रमणबाट चैत २० गते शुक्रबार बिहान ७.०० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ५ लाख ६६ हजार ६११ जनाको मृत्यु भैसकेको छ ।चैत २० गते बिहान ७.३० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या १३ करोड १ लाख ५० हजार ८९४ छ । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या २८ लाख ३९ हजार ५१० जना छन् ।