चलचित्र ‘प्रेमगन्ज’ मा तेज र बेनिशा

चलचित्र ‘प्रेमगन्ज’ मा तेज र बेनिशा तरुण खबर २० चैत्र २०७७, शुक्रबार १४:५९
चलचित्र ‘प्रेमगन्ज’ मा तेज र बेनिशा

काठमाडौं । चलचित्र चौतारीको ब्यानरमा निर्माणमा हुन लागेको नयाँ चलचित्र ‘प्रेमगञ्ज’ को लागि मुख्यकलाकार छनौट भएका छन् । यसअघि अडिसनमार्फत केही कलाकारहरु छनौट भएका थिए ।

चलचित्रमा नायक तेज गिरी र नायिकामा बेनि शाहाम छनौट भएका छन् । मुक्तिनाथ विकास बैंकका जागिरे तेजले यही फिल्मबाट मुख्य अभिनेतामा डेब्यु गर्न लागेका हुन् । बेनिशा विगत १ दशक देखि नेपाली चलचित्र जगतमा कार्य गर्दै आएकी कलाकार हुन् । उनले ‘ब्लाइन्ड रक्स’बाट राष्ट्रिय पुरस्कार जितेकी थिइन् ।

यस चलचित्रत्रि कोणात्मक विशुद्ध प्रेम कथामा आधारित रहेको निर्देशक परिच्छेद सेनले जानकारी दिए । सेन विगत १५ बर्ष देखि नेपालीचलचित्र जगतमा सक्रिय रुपमा काम गर्दै आएका निर्देशक हुन् । उनको निर्देशनमा बनेका यस अघिका चलचित्रले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय अर्वाडहरु हासिल गरिसकेका छन् ।

यसअघि नै चलचित्रका लागि सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का र आयुषी ढकाललाई अडिसनबाट छानिसकेका छन् । यस चलचित्रमा अन्य कलाकार शिशिर राणा, रश्मी भट्ट, पबन भट्टराई, सन्जोग रसाइलीलगायतको अभिनय रहने छ भने सञ्जय लामाले छायांकन गर्ने भएका छन् ।

बिगत २५ बर्ष देखि नेपाली चलचित्रजगतमा स्पोट ब्वाईको रुपमा काम गर्दै आएका राजु फुयाँल निर्माता रहेको यो चलचित्रका कार्यकारी निर्मातामा अनन्तमान श्रेष्ठ रहेका छन् । यो चलचित्र अब छिट्टै छायांकनमा जाने वताइएको छ ।