तरुण खबर
२४ चैत्र २०७७, मंगलवार १०:११
भारतमा पछिल्लो २४ घण्टा (५, अप्रिल) मा ९६ हजार संक्रमित
काठमाडौं । नेपालको छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टा (५, अप्रिल) मा ८ लाख ९३ हजार ७४९ जनाको नमुना परीक्षण गर्दा ९६ हजार ५५७ जना कोरोना संक्रमित थपिएका छन् । ४, अप्रिलमा ११ लाख ६६ हजार ७१६ जनाको नमुना परीक्षण गर्दा १ लाख ३ हजार ७९३ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए । त्यस्तै, पछिल्लो २४ घण्टा (५, अप्रिल) मा ४४५ जनाको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । ४, अप्रिलमा ४७७ जनाको कोरोना भाइरसको संक्रमणबाट निधन भएको थियो ।
नेपाली समय अनुसार चैत २४ गते मंगलबार बिहान ७.०० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड २६ लाख ८४ हजार ४७७ छ । भारतमा १ करोड १७ लाख ३० हजार ४५ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । संक्रमितमध्ये १ लाख ६५ लाख ५७७ जनाको ज्यान गैसकेको छ । भारतमा सक्रिय संक्रमितको संख्या नै ७ लाख ८८ हजार ८५५ पुगिसकेको छ, यो संख्या क्रमशः बढ्दै गएको छ । कोरोनाभाइरस सङ्क्रमण तीव्र गतिमा फैलिएसँगै भारतको महाराष्ट्र राज्यमा हिजो सोमवारदेखि कडा प्रतिबन्धात्मक व्यवस्थाहरू लागु गरिएको छ । मुम्बइमा जस्तै भारतको राजधानी दिल्लीमा पनि रातभर कफ्र्यु लगाउने तयारी भएको हिन्दुस्तान टाइम्सले लेखेको छ ।


