पूर्व महाराज ज्ञानेन्द्रले भारतीय गृहमन्त्री शाहसँग भेटे

पूर्व महाराज ज्ञानेन्द्रले भारतीय गृहमन्त्री शाहसँग भेटे तरुण खबर २८ चैत्र २०७७, शनिबार ११:३२
पूर्व महाराज ज्ञानेन्द्रले भारतीय गृहमन्त्री शाहसँग भेटे

हरिद्वारबाट कुम्भ मेलासम्म नेपाली झण्डसहितको विशेष रथको व्यवस्था
काठमाडौं । पूर्व महाराज ज्ञानेन्द्र शाहले भारतका गृहमन्त्री अमित शाहसँग भेटघाट गरेका छन् । उनी दुई दिनअघि भारतको हरिद्वारमा जारी कुम्भ मेलाको शाही स्नानमा गएका थिए । पूर्व राजा ज्ञानेन्द्रलाई राष्ट्र प्रमुखलाई जतिकै सुरक्षा र सममान दिएको छ । हरिद्वार स्नानका लागि नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहका लागि नेपाली झण्डा सहितको विशेष रथको व्यवस्था गरिने भएको छ । मेलामा सहभागी हुन पूर्वराजा शाह र पत्नी कोमल बिहीबार नै दिल्ली पुगेका थिए ।

उनीहरू शनिबार हरिद्वार जाने कार्यक्रम रहेको शाहसँगै भ्रमणमा रहेका उनका निजी सचिव सागरराज तिमिल्सिनाले केही सञ्चार माध्यमलाई जानकारी दिएका छन् । पूर्वराजा शाह भारत सरकारको सहमतिमा आचार्य महामण्डलेश्वर स्वामी कैलशानन्द गिरीको विशेष निम्तोमा मेलामा सहभागी हुन लागेका हुन् । मेला आयोजनास्थलबाट गंगातटको शाही स्थानस्थलसम्म जान पूर्वराजा शाहलाई यस्तो व्यवस्था गरिएको हो । ‘राजा ज्ञानेन्द्र विशिष्ट पाहुना हुनुहुन्छ, त्यही भएर उहाँका लागि रथ पनि विशेष किसिमको तयार पारिँदै छ,कुम्भ मेला आयोजक समितिले प्रेसलाई जानकारी दिएको छ । शाहको रथको अघि तीन वटा सुरक्षा कर्मीको गाडी रहने छ भने आचार्य महामण्डलेश्वर गिरी र आनन्द अखडाका पीठाधीश आचार्य महामण्डलेश्वर स्वामी बालकानन्द गिरीको रथको पछि रहने छ ।

मेलामा अखडाका पीठाधीश र विशिष्ट व्यक्तिहरू शाही स्नानस्थलसम्म जान विशेष किसिमले सजाइएको रथ प्रयोग गर्ने परम्परा छ । पूर्वराजा दम्पती भोली आइतबार साँझ आचार्य महामण्डलेश्वरले दिने विशेष रात्रिभोजमा सहभागी हुनेसमेत बताइएको छ । शाहको भारत भ्रमणलाई राजनीतिक कोणबाट पनि हेरिएको छ । पूर्व राजा ज्ञानेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सल्लाहकार अजित दोबलसँग दिललीमा भेट्ने कार्यक्रम रहेको बुझिएको छ । उनको सचिवालयका अनुसार शाहको स्वदेश फर्कने कार्यतालिका निश्चित छैन ।