असफल हुने खेलमा लाग्दिन, सभापति देउवा

असफल  हुने खेलमा लाग्दिन, सभापति देउवा तरुण खबर २९ चैत्र २०७७, आईतवार १३:२४
असफल  हुने खेलमा लाग्दिन, सभापति देउवा

प्रचण्ड, माधव, रामचन्द्र, कृष्ण सिटौला नयाँ सरकारको पक्षमा
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनका लागि चाहिनेसंख्या नपुगे बताएका छन् । सरकार बनाउँन १३८ सांसद समर्थन आबश्यक पर्छ । सभापति देउवाले भने– म चाहिँ संख्या नपुग्ने खेलमा छैन । यस्तो परिस्थितिमा चुनावबाहेक अर्को बाटो हुन नसक्ने भएकाले त्यसका लागि नेपाली काँग्रेसका नेता, कार्यकर्ता तयार रहनुपर्ने सभापति देउवाले बताए । जनताको मन जितेर मात्र हाम्रो (काँग्रेसको) सरकार बन्नसक्छ देउवाले बताएका थिए ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले विकास विरोधी र अस्थिरता निम्त्याउन खोज्नेहरुले सरकार परिवर्तनको खेलमा लागेको आरोप लगाएका छन् । शनिबार नेपाल उद्योग वाणिज्य महासंघको ५५औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त जवाफ फर्काएका हुन् । उनले भने– सरकार किन परिवर्तन गर्नुप¥यो ? पुनर्निर्माणका काम अघि बढिरहेकाले हो ? कि अरु केही कारण छन् । तर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओली नेतृत्वको सरकार धेरै दिन नटिक्ने ठोकुवा गरेका छन् ।

कसको नेतृत्वमा सरकार बन्छ भन्ने कुराको टुंगो नलाग्दै प्रचण्डले उक्त कुरा बताएका हुन् ।नेपालको राजनीतिका अनौठो पात्र पुष्पकमल दाहाल प्रचण्ड पटक–पटक धोका खाँदा पनि नचेत्ने व्यक्ति हुन् । उनको बोलीमा न त विश्वास हुन्छ, न त इमान्दारीता नै हुन्छ भनिन्छ ।गत शुक्रबार एक कार्यक्रममा देउवाले संख्या नपुग्ने गरी नयाँ सरकार बनाउँने खेलमा नलाग्ने कुरा बताएका हुन् । उही कार्यक्रममा रामचन्द्र पौडेल पक्षका नेताहरुले नयाँ सरकार बनाउनु पर्ने पक्षमा बोलेका थिए भने सभापति देउवा पक्षले निर्वाचनको पक्षमा मत जाहेर गरेको थियो ।

उपसभापति विमलेन्द्र निधिले निर्वाचन नै विकल्प भएको बताएका थिए । तर नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले कांग्रेसको नेतृत्वमा छिटै नयाँ सरकार बन्ने बताएका छन् । हिजो शनिबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने जानकारी दिएका हुन् । महामन्त्री कोइराला पौडेल पक्षका नेता हुन् ।नेपाली काँग्रेसका ६३ जना सांसद रहेकोमा दुई जना सांसद निलम्बनमा छन् भने माओवादीका ५२ जना सांसदहरुमध्ये आधा दर्जनभन्दा बढी सांसदले पार्टी छाडिसकेका छन् । र, उनीहरु केपी शर्मा ओली नेतृत्वमा रहेको एमालेमा प्रवेश गरेका छन् ।

नेपाली काँग्रेसका ६३ जना सांसद रहेकोमा दुई जना सांसद निलम्बनमा छन् भने माओवादीका ५२ जना सांसदहरुमध्ये आधा दर्जनभन्दा बढी सांसदले पार्टी छाडिसकेका छन् । र, उनीहरु केपी शर्मा ओली नेतृत्वमा रहेको एमालेमा प्रवेश गरेका छन् । जसपाले सरकार परिवर्तनमा रुची देखाएको छैन ।

माओवादी केन्द्रले रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, प्रभु शाह, लेखराज भट्ट र गौरीशंकर चौधरीलाई कारवाही गरिसकेको छ । केही सांसदलाई कारवाही गर्ने भएको छ । उनीहरुलाई प्रधानमन्त्री ओलीले मन्त्री बनाइसकेका छन् । नयाँ सरकार बनाउन जसपा निर्णायक भएको छ । जसपामा नयाँ सरकार बनाउँने कि ओली नेतृत्वकै सरकारमा जाने भन्ने विषयमा मत बाझिएको छ । जसपाका वरिष्ठ नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतोलगायतका नेताहरु ओलीको पक्षमा देखिएका छन् भने पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, उपेन्द्र यादवलगायतको नेताहरु नयाँ सरकार निर्माणको पक्षमा उभिएका छन् ।

उपेन्द्र यादवको पक्षमा ३२ जना सांसदमध्ये १० जना मात्रै रहेको बताइन्छ ।यता, देश चुनावतर्फ केन्द्रीत हुँदै गएको छ । एक पटक संसद विघटन गरी सकेका प्रधानमन्त्री केपी शर्मा ओली माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिए पुनः संसद विघटन गरी निर्वाचन गराउने पक्षमा छन् । प्रधानमन्त्री ओलीको मुख्य उद्देश्या नै पुष्पकमल दाहाल प्रचण्ड पक्ष र माधवकुमार नेपाल पक्षलाई आफैले गराएको निर्वाचनमार्फत समाप्त गर्ने हो ।

चुनावी मोर्चामा प्रचण्ड पक्ष र नेपाल पक्ष एकै स्थानमा हुने कुरा स्पष्ट छ । प्रधानमन्त्री ओली जनता समाजवादी पार्टी (जसपा) सँग मिलेर सरकार बनाउने पक्षमा छन् । गत शुक्रबार नेपाली काँग्रेसका सभापति देउवाले शुक्रबार बोलाएको तीन दलको बैठकमा जनता समाज पार्टीका नेताहरुले निर्णय दिन केही समय लाग्ने बताउँदै समय दिन आग्रह गरेका थिए ।