नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेलको समुह विजयी

नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेलको समुह विजयी तरुण खबर २९ चैत्र २०७७, आईतवार १४:०१
नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेलको समुह विजयी

काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेलको समुह अत्याधिक बहुमत सहित विजयी बनेको छ । हिजो शनिबार अपराह्न सकिएको मतगणनाबाट लोकतान्त्रिक, व्यावसायिक, श्रमजीवी पत्रकार पोखरेको नेतृत्वको संयुक्त प्यानल विजयी बनेको हो । मुलुक संघीय संरचनामा गएपछि महासंघको नेतृत्व पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीबाट चयन भएको हो । निर्वाचन समितिका सदस्यहरुका अनुसार अध्यक्षमा विजयी पोखरेलले ६ हजार ९ सय ४२ मत प्राप्त गरेका थिए ।

अध्यक्षका प्रत्यासी निर्मला शर्माले ३ हजार ९ सय १५ मत प्राप्त गरिन् ।वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट विजयी भएका छन् । त्यस्तै, महिला उपाध्यक्षमा बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम, महासचिवमा रोशन पुरी विजय बनेका छन् । सचिवमा गोविन्द्रप्रसाद चौलागाईं, महिला सचिवमा सिर्जना अर्याल, आदिवासी जनजातितर्फ सचिवमा नारायण सुन्दर किलम्बू निर्वाचित भएका छन् ।

मधेसीतर्फको सचिवमा दीपेन्द्र चौहान, दलिततर्फ हेमकर्ण विक, एशोसिएट पवन आचार्य र कोषाध्यक्षमा कलेन्द्र सेजुवाल निर्वाचित भएका छन् । उनीहरु सबै पोख्रेल समूहका हुन् । यस्तै लेखा समिति संयोजकमा लेखनाथ न्यौपाने र सदश्यमा छविलाल तिवारी निर्वाचित भएका छ्न् । खुला सदस्यहरुमा बासुदेव शर्मा, माधव पौडेल, रमेश खतिवडा र शिवराज खत्री विजयी भएका छन् ।

त्यस्तै सरिता तिम्सिना (खस–आर्य महिला), ललिताकुमारी साह (मधेसी), शान्ति आङबुहाङ (आदिवासी जनजाति), सरिता बराइली (महिला–दलित), भीषण राई (आदिवासी जनजाति), सञ्चकुमारी लामा तामाङ (आदिवासी जनजाति महिला), प्रकाश धौलाकोटी (दलित), राधा नेपाली (महिला दलित), सुवासप्रसाद साह (सदस्य मधेसी), रिंकुकुमारी मिश्र (मधेसी महिला), नवीन रिजाल (अपांगता), इफ्तखार हसन (इकवाल अहमद) (अल्पसंख्यक) तर्फ केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।त्यस्तै अमर खड्का र दीपेन्द्र रुम्दाली राई प्रदेश १ बाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

प्रदेश २ बाट केसी लामिछाने र शिव पुरी र वाग्मती प्रदेशबाट ध्रुवकुमार रावल र सुनिल खड्का निर्वाचित भएका छन् ।गण्डकीबाट प्रदीप काफ्ले र त्रिभुवन पौडेल, लुम्बिनीबाट भवानीप्रसाद पाण्डे र सुशील पोख्रेल, कर्णालीबाट दीपेन्द्र शर्मा र भीमबहादुर सिंह तथा सुदूरपश्चिमबाट उत्तरसिंह विष्ट र भरतबहादुर साह निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । उपत्यकाबाट केन्द्रीय सदस्यमा शान्तराम बिडारी र ज्ञानप्रसाद पौडेल, प्रतिष्ठानतर्फबाट मणि दाहाल र रामकृष्ण अधिकारी केन्द्रीय सदस्य भएका छन् । यस्तै एसोसियटबाट कृति भट्टराई र विकास कार्की विजय भए ।