इन्जिनियरिङ दृष्टिबाट महत्वपूर्ण विषयमा डिवेट प्रतियोगिता

इन्जिनियरिङ दृष्टिबाट महत्वपूर्ण विषयमा डिवेट प्रतियोगिता तरुण खबर ३० चैत्र २०७७, सोमबार १०:५५
इन्जिनियरिङ दृष्टिबाट महत्वपूर्ण विषयमा डिवेट प्रतियोगिता

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक) चाँंगुनारायण दुवाकोट भक्तपुरमा शोध क्षेत्रमा उल्लेखनीय क्रियाकलापहरु सम्पन्न गरिसकेका विद्यार्थीको समूह सेन्टर फर एप्लाइड रिसर्च एण्ड रुरल डेभलपमेन्ट (कार्ड) को आयोजनामा कलेजमा नेपाल इन्जिनियरिंङ डिवेट च्याम्पियनशिप (एनइडीसी) २०२१ पारलियामेन्टरी डिनेट फरम्याटमा सपन्न भएको छ । कार्यक्रममा कलेजका विद्यार्थीले देशको समसामयिक विषयमा  वक्तत्व प्रस्तुत गरे ।

विद्यार्थीले यो सदनले मेलम्ची खानेपानी परियोजनालाई असफल तुल्याउँंछ, यो सदनले प्रतिस्पर्धात्मक परीक्षामा लैगिक आरक्षणको विरोध गर्दछ, यो सदनले निजगढ अन्तराष्ट्रिय विमानास्थल वन्नु पर्दछ भन्ने जस्ता नेपालका अति महत्वपूर्ण विषयहरुमा पक्ष–विपक्षमा आफना मत प्रस्तुत गरेका थिए ।

प्रतियोगितमा यी विषयहरुमा तार्किक क्षमता अनुसार विद्यार्थीले आफनो विश्लेषण प्रस्तुत गरे । उनीहरुलाई कलेज सञ्चालक समितिका अध्यक्ष एवं चाँंगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्र, कलेजका प्राचार्य प्रा.डा हरिकृष्ण श्रेष्ठलगायतका व्यक्तित्व उपस्थित भइ हौसला प्रदान गरेका थिए ।प्रतियोगिताको निर्णायक मण्डलमा प्रा. सावित्री त्रिपाठी (पाण्डे), जुनियर प्रा.निलम्वर वाग्ले, जुनियर प्रा.सुजन आचार्य, सहायक प्रा.दीपेशप्रकाश गुरागाई, ई.सपोज घिमिरे रहेका थिए ।

कार्यक्रममा पूर्णबहादुर शाही, रविन्द्र महतो र सिद्धार्थ यादवको टोली प्रथम भएका थिए । साथै, प्रज्ज्वल पन्त, कृपा थापा र रक्षा रवातको टिम द्वितीय हुन सफल भए ।२००८ सालमा स्थापित कार्डले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा इन्जिनियरिङ इनोभेसनमा आफनो प्रतिभा प्रस्तुत गर्न सफल भएको कार्डका सञ्चालक अध्यक्ष सचेत जमरकटेलले बताए ।

पढाइका साथै समाजमा आइपर्ने चुनौतीहरुलाई सहजीकरण गर्ने उद्देश्यले कार्ड स्थापना भएको कार्डका प्रमख सल्लाहकार आशुतोषमणि त्रिपाठीले बताए । एनइडीसी प्रतियोगिताले इन्जिनियरिंङ कार्यक्षेत्रलाई नै एक प्रशंशनीय उपदेश दिनसक्ने अतिथि तथा निर्णायक मण्डलले जनाए ।