तरुण खबर
३० चैत्र २०७७, सोमबार ११:०१
नयाँ सरकार तुरुन्तै बन्ने प्रचण्डको दावी
काठमाडौं । नयाँ सरकार गठनका लागि आफूसँग साँचो रहेको दम्भ पालेको जनता समाजवादी पार्टी (जसपा) भित्र ओलीलाई समर्थन गर्ने वा कांग्रेस र माओवादी केन्द्रसँग समिकरण गर्ने भन्ने विषयमा एक मत हुन सकेको छैन । तर जसपा वरिष्ठ नेता राजेन्द्र महतोले सरकारले माग सम्बोधन गर्ने प्रकृया शुरु गरिसकेकाले त्यसलाई विथोल्ने गरी कुनै निर्णय नगरिने बताएका छन् ।
संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री ओलीलाई प्रतिगामी भन्दै उनको विकल्पमा सरकार बनाउनुपर्ने पक्षमा छन् भने अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो माग सम्बोधन गराउने सर्तमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै सहयोग गर्न सकिने धारणा राख्दै आएका छन् । यता पुष्पकमल दाहाल प्रचण्डले भने जसका नाममा सहमति हुन्छ, उसैले सरकारको नेतृत्व गर्ने बताएका छन् ।
आफ्नो निर्वाचन क्षेत्रमा आएका दाहालले आइतबार चितवनका पत्रकारहरुसँग कुराकानी गर्दै सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध संघर्षमा सडकमा गएका शक्ति मिलेर सरकार बनाउनुपर्ने बताएका छन् । संविधान, लोकतन्त्र र जनताको पक्षमा संघर्षरत दल मिलेर सरकार बनाउनु उत्तम हुने भन्दै उनले भने, ‘जसमा सहमति हुन्छ त्यसले सरकारको नेतृत्व गर्छ ।
’बैठकमा अध्यक्ष उपेन्द्र यादवले भने राजनीतिक मुद्दा सम्बोधन गराउने नाममा ‘प्रतिगामी’ शक्तिसँग सहकार्य गर्न नहुने धारणा राखेका थिए । ‘राजनीतिक मुद्दालाई छोड्ने वा सम्झौता गर्ने भन्ने हुँदैन, तर प्रतिक्रान्तिकारी शक्तिले माग पूरा गरिदिन्छु भन्यो भन्दैमा उसैलाई सहयोग समर्थन गर्ने काम जसपाले गर्नु हुँदैन,’ अध्यक्ष यादवले बैठकमा भनेका थिए । ठकबाट बाहिरिने क्रममा अध्यक्ष यादवले ओलीकै सरकारमा सहभागी हुने कुरा असम्भव रहेको बताए ।
‘यो असम्भव कुरा हो । प्रतिगमनकारीसँग क्रान्तिकारी कहिले मिल्छ र ? प्रतिगमनकारी र क्रान्तिकारी एकै ठाउँमा हुनसक्छ र ?,’र वरिष्ठ नेता महतोले भने आफूले उठाएका मागहरू सम्बोधनका लागि प्रक्रियामा गइसकेको बताएका छन् । ‘हाम्रो प्राथमिकतामा सरकार होइन, मुद्दा हो । वर्तमान सरकारले हाम्रा मुद्दा सम्बोधन गर्नका लागि प्रक्रिया नै थालिसकेको छ । हामी त्यसैमा जोड दिइरहेका छौँ,’ महतोले केही सञ्चार माध्यमसँग भनेका थिए ।
‘यो प्रकृयालाई बाधा पु¥याउने गरी कुनै पनि निर्णय गरिनु हुँदैन । सत्ता समिकरणको विषय जब संसदमा प्रवेश गर्छ त्यतिबेला पार्टीले आवश्यक निर्णय गर्छ ।’शुक्रबार भएको कांग्रेससँगको छलफलपछि जसपाले आइतबारदेखि आन्तरिक छलफल थालेको हो । जसपाको बैठक केही दिनसम्म निरन्तर चल्ने जसपा कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए ।


