तरुण खबर
३० चैत्र २०७७, सोमबार १६:५२
कठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडले सर्वसाधारणलाई प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरमा ५ लाख ५५ हजार ६०० कित्ता शेयर निष्काशन गर्ने भएको हो ।सर्वसाधारणहरुमा शेयर निष्कासन गर्नको लागि कम्पनीले शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको छ । त्यस सम्बन्धमा कार्य गर्नको लागि दुबै कम्पनीबीच सम्झौता भएको छ । एनआईसी एशिया क्यापिटलले कम्पनीको आईपीओ निष्काशन सम्बन्धी जिम्मेवारी पाएको छ ।


