नेपालका बालबालिकामा कोरोना भाइरसको संक्रमण दर बढ्दो

नेपालका बालबालिकामा कोरोना भाइरसको संक्रमण दर बढ्दो तरुण खबर १ बैशाख २०७८, बुधबार ११:३४
नेपालका बालबालिकामा कोरोना भाइरसको संक्रमण दर बढ्दो

पोखराको परीक्षणमा संक्रमितमध्ये ५० प्रतिशत बालबालिका
काठमाडौं । नेपालमा अहिले कोरोना भाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन् । गत वर्षको भन्दा अहिले सङ्क्रमणले निम्त्याएका स्वास्थ्य समस्याहरू पनि फरक पाइएको छ । सरकारले सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि ‘कठोर’ निर्णय लिनुअघि नै जनस्वास्वास्थ्यका मापदण्डहरू कडाइका साथ पालना गर्न स्वास्थ्य अधिकारीहरूले सुझाव दिएका छन् । दक्षिणी छिमेकी देश भारतमा कोरोनाभाइरस सङ्क्रमण भयावह रूपमा फैलिरहँदा त्यताबाट नेपाल आउने धेरै मानिसमा सङ्क्रमण देखिने गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।

अहिलेको अवस्था कस्तो छ ?
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय दैनिक सरदर ३ हजारदेखि ४ हजारसम्म पीसीआर परीक्षण गर्ने गरिएको छ । दुई साताअघि दैनिक १०० भन्दा कम सङ्क्रमितहरू फेला पर्ने गरेकोमा अहिले ३०० जनाभन्दा माथि संक्रमित भेटिन थालेका छन् । त्यसमध्ये १८ वर्षमुनिका बालबालिका सङ्क्रमित हुने प्रतिशत बढ्दो क्रममा पाइएको छ । गत वर्ष संक्रमण उत्कर्षमा हुँदा पनि १८ वर्षमुनिका बालबालिकामा ५–६ प्रतिशतको हाराहारीमा संक्रमण देखिएको अवस्था थियो भने अहिले १० प्रतिशतभन्दा माथि रहने गरेको छ ।

इपियोडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलका अनुसार पछिल्लो समय काठमाण्डौं उपत्यका र पोखरा लगायतका ठाउँमा कम उमेरका मानिसमा सङ्क्रमण बढी देखिएको पाइएको छ । अस्पतालहरूसँग बुझ्दा आकस्मिक उपचार कक्ष अथवा आईसीयूमा भर्ना हुने ५० वर्षमुनिका मानिसको दर बढ्दो क्रममा छ, जुन पहिलाको भन्दा फरक हो डा. पौडेलले भने ।

यो नयाँ प्रकारको कोरोनाभाइरसका कारणले हो भन्ने हामी आकलन गर्न सक्छौँ । पचास वर्षमुनिका सङ्क्रमित व्यक्तिलाई पनि अक्सिजन चाहिने, अस्पताल पु-याउनुपर्ने अवस्था नयाँ भेरिअन्टले गर्दा आएको हो भन्ने हाम्रो बुझाइ छ । तर प्रयोगशालामबाट त्यसको पुष्टि हुन भने बाँकी नै छ । पौडेलका अनुसार पछिल्लो समय सङ्क्रमित हुनेमा दुई–तीन वर्षका बालबालिका पनि छन् ।
भारत, बंगलादेश र पाकिस्तानमा विद्यालय बन्द
गत वर्ष २० वर्षभन्दा कम उमेरका कोरोनाभाइरस संक्रमितको संख्या आठ प्रतिशतभन्दा तल रहेकोमा अहिले त्यही उमेर समूहमा संक्रमितको प्रतिशत १० प्रतिशतभन्दा माथि जाने देखिएको इपियोडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए । पोखरामा १८ वर्षभन्दा मुनिकामा करिब ५० प्रतिशत संक्रमित देखिएका छन् । काठमाण्डौं उपत्यकामा चाहिँ १० देखि २० वर्षको १० प्रतिशत जति र १० वर्षभन्दा कम उमेरकामा छ प्रतिशतजति छ ।

प्रारम्भिक तथ्याङ्क हेर्दा बालबालिकामा सङ्क्रमण बढिरहेका बेला उनीहरूलाई सङ्क्रमणको जोखिम रहेको विद्यालय बन्द गर्नु ठिक हुने स्वास्थ्यविद्हरू बताउँछन् ।हाम्रा विद्यालयहरू हेर्दा उनीहरूले स्कूलको बसमा वा कक्षा कोठामा बालबालिकालाई कम्तीमा दुई मिटरको दूरीमा राख्न सम्भव हुन्छ जस्तो देखिँदैन । भारत, पाकिस्तान र बाङ्लादेशमा विद्यालय बन्द छन् । बाङ्ग्लादेशमा एक वर्षभन्दा बढी समयदेखि विद्यालय खुलेका छैनन् ।

त्यस्तै भारतमा कोरोनाभाइरसको महामारीबाट प्रभावित ठाउँका विद्यालयहरू पनि बन्द रहेका छन् । नेपालमा अहिलेसम्म विद्यालय बन्दको घोषणा भएको छैन । कोरोना संक्रमण बढे पनि शैक्षिक संस्था तत्काल बन्द नगर्ने निर्णय सरकारले गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा यसबारे छलफल भए पनि अझै केही दिनको ‘ट्रेन्ड’ हेरेर मात्र थप रणनीति तय गर्ने निर्णय भएको छ ।

भारत, पाकिस्तान र बाङ्लादेशमा विद्यालय बन्द छन् । बाङ्ग्लादेशमा एक वर्षभन्दा बढी समयदेखि विद्यालय खुलेका छैनन् । त्यस्तै भारतमा कोरोनाभाइरसको महामारीबाट प्रभावित ठाउँका विद्यालयहरू पनि बन्द रहेका छन् । नेपालमा अहिलेसम्म विद्यालय बन्दको घोषणा भएको छैन । सरकाले ट्रेण्ड हेरे मात्र निर्णय लिने बताएको छ ।

सङ्क्रमणको प्रवृत्तिले के सङ्केत गर्छ ?
बीबीसी न्यूजका अनुसार देशको कुल जनसङ्ख्याको ठूलो भाग १८ वर्षमुनिका भएकाले त्यो उमेर समूहमा सङ्क्रमण पनि बढी देखिनु सुखद् सङ्केत नभएको स्वास्थ्य अधिकारीहरूको निष्कर्ष छ । उमेरका हिसाबले सशक्त भए पनि नयाँ भेरिअन्टले कम उमेर भएका मानिसमा समेत जटिलता नित्म्याउने जोखिम बढी देखिएकोले झन् धेरै सचेत हुन आवश्यक छ, महानिर्देशक पौडेलले विभिन्न सञ्चार माध्यमसँग भनेका छन् । अहिलेको अवस्थालाई नियन्त्रण गर्दै जान नसकिएको खण्डमा देशको विद्यमान स्वास्थ्य पूर्वाधारले थेग्न नसकिने बताइन्छ । अहिले हाम्रो लागि खतराको घण्टी अलि राम्रैसँग सुनिनेगरी, बुझिनेगरी आएको छ ।

एकदमै जटिल अवस्था भइसकेपछि परीक्षण गराउन जानेको सङ्ख्या बढ्दै गएको हिसाबले हामी सामुदायिक स्तरमा सङ्क्रमण पालेर बसिराखेको अथवा कोभिडलाई हेलचेक्र्याइँको हिसाबले लिन थालेको हो कि भन्ने देखिन्छ, उनले महानिर्देशक पौडेलले बताएका छन् । त्यसलाई दृष्टिगत गर्दै सामाजिक दूरी कायम गर्न, मास्क लगाउन, स्यानिटाइजरको प्रयोग गर्न तथा भिडभाड नगर्न लगायतका जनस्वास्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्नका लागि सरकारले अनुरोध गरेको छ ।
बालबालिकामा सङ्क्रमण दरमा बृद्धि ?
रेन्डम नमुना छनोट गर्दा काठमाडौंमा २० प्रतिशत बालबालिकामा नयाँ भेरियन्ट देखिएको छ । त्यस्तै, २० वर्षमुनिका १६ प्रतिशतमा नयाँ भेरियन्ट देखिएको छ । केही दिनअघि पोखरामा गरेको नमुना परीक्षणमा १० देखि २० वर्ष उमेर समूहका ५० प्रतिशतमा नयाँ भेरियन्ट देखिएको थियो ।पोखरामा १८ वर्षभन्दा मुनिकामा करिब ५० प्रतिशत संक्रमित देखिएका छन् । काठमाण्डौं उपत्यकामा चाहिँ १० देखि २० वर्षको १० प्रतिशत जति र १० वर्षभन्दा कम उमेरकामा छ प्रतिशतजति छ ।