तरुण खबर
१ बैशाख २०७८, बुधबार ११:३९
काठमाडौं । नेतृत्व सही भए गन्तव्यमा पुग्न सहज हुन्छ भन्ने उक्ति यसै बनेको होइन, यो नै सफताको सूचक हो । २०७६ सालमा दर्ता भएको यलः सम्पदा महिला समूहको कार्यप्रगति हेर्दा यसो भन्न करै लाग्छ । २०७४ सालमा कुनै एक परियोजनाले उपलब्ध गराएको तालिम नै यलः सम्पदा महिला समूह गठनको आधार बनेको थियो । करिब दुई वर्षमा बचत, सीप मुलक तालिम, उद्घोषण कला, व्यक्तित्वकला र अन्य क्रियाकलापहरू आफैले खोजीगर्दैै महिला समूह अगाडी बढेको छ ।
परिवारको स्वास्थ्य उन्नतीका लागि सन्तुलित भोजन के हो ? कसरी बनाउन सकिन्छ ? भन्ने सम्वन्धमा आफ्ना सदस्यहरूलाई विज्ञबाट यो समूहले ज्ञान दिइएको थियो । २०७६ सालमा यलः सम्पदा महिला समूह ललितपुर महानगरपालिकामा दर्ता भएको हो । यलः सम्पदा महिला समूहको नेतृत्व स्वस्ती प्रधानले गरेकी छन् भने उपाध्यक्षमा जुलम श्रेष्ठ, सचिव रजनी श्रेष्ठ, सह–सचिव सजनी जोशी, कोषाध्यक्ष निर्मला शाक्य र सह–कोषाध्यक्ष राधा श्रेष्ठ रहेका छन् ।
सदश्यहरुमा अमृता श्रेष्ठ र सरिता डंगोल छन् । ९ जनाको कार्यसमितिमा एक जना सदश्यको मनोनयन गर्न बाँकी छ भने सल्लाहकार रचना पण्डित छन् । चैत ३० गते सोमबार ललितपुर महानगरपालिकाको–२० छायबहालस्थित यलः सम्पदा महिला समूहको वार्षिक साधारण सभामा सम्पन्न भएको थियो । स्थानीय विकास प्रशिक्षण केन्द्रको हलमा समूहले आयोजना गरेको उक्त कार्यक्रममा महिला दिदी–बहिनीहरु सामू विभिन्न सीपमूलक भएका कार्यक्रम र आगामी योजना बताएका थिए ।
यलः समूहको जन्म भएको करिब ३ बर्षको अवधिमा यसरी महिलाहरुको आर्थिक र सामाजिक सशक्तिकरणको लागि उदाहरणीय काम गरेको मुलुकमा सायदै अन्य संस्था होलान् । १८ जना महिला सदश्यबाट बचत शुरु गरिएकोमा अहिले ३६ जना महिला सदस्य रहेका छन् । मासिक ३ सय रुपैयाँ उठाएको यो समूहमा अहिले ३ लाख रुपैयाँ बचत पु-याई सकेको छ । आप्ना सदश्यहरुलाई उद्यमी बनाउने उद्देश्य अनुसार सदश्यहरुलाई नै लगानी गर्दै आएको छ । उनीहरुले हस्तकलाका सामानहरु घर घरमै उत्पादन गरिरहेका छन् ।
र, बेला बेलामा बिभिन्न संघ–सस्थाबाट आयोजना गरिएका मेला÷प्रदर्शनीहरूमा आफ्नो स्टल राखेर बजारको प्रवर्धनको अभ्यास गर्दै आइरहेका रहेका छन् ।आकस्मिक रुपमा समाजमा आइपर्ने दैवी प्रकोप, कोरोना महामारीमा जनचेतामूलक विभिन्न कार्यक्रम र पुराना कपडा संकलन गरी वितरण गर्ने जस्ता सिर्जनात्मक काम पनि गरेको अध्यक्ष स्वस्ती प्रधानले बताएकी छन् । समूहले बजार योग्य उत्पादनका लागि फिनिसिङ, प्याकेजिङ, लेवलिङ र कष्टिङ जस्ता सिर्जनात्मक काम गरिरहेको छ । सदश्यहरुको आर्थिक उन्नतीलाई अगाडी बढाउन उद्यम सम्बन्धी संघ÷महासंघसँग सहकार्य गर्दै गरेको छ ।


