तरुण खबर
२ बैशाख २०७८, बिहीबार ११:२६
बुधबार ६०३ जना कोरोना संक्रमित थपिए, तीन जनाको निधन
काठमाडौं । २ करोड ९५ लाख ४४ हजार ९०८ जनसंख्या भएको नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ८१ हजार ५६४ जना छन् । नेपालमा पछिल्लो २४ घण्टामा (१४, अप्रिल) मा ४ हजार २ सय ८९ जनाको पीसीआर र ४२१ जनाको एष्ट्रिजेन परीक्षण गर्दा ६०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट ५८० जना र एन्टिजेन परीक्षणबाट २३ जनामा कोरोना पुष्टि भएको हो । बैशाख १ गते बुधबार कोरोना भाइरसको संक्रमणबाट ३ जनाको ज्यान गएको छ ।
कोरोना भाइरसको संक्रमणबाट नेपालमा बिहीबार बिहान ७.०० बजेसम्ममा ३ हजार ६१ जनाको निधन भएको छ भने २ लाख ७४ हजार ४४७ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । नेपालमा ‘डबल म्युटेन्ट भेरियन्ट’ कोरोना भाइरस पुष्टि भएको छ । नेपालले तीन हप्ताअघि हङकङमा १५ वटा नमुना परीक्षणका लागि पठाएको थियो । ती नमुना मध्ये एक जनामा ‘डबल म्युटेन्ट भेरियन्ट’ पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । काठमाण्डौंमा कतिपय उपचारका क्रममा शल्यक्रिया गर्नुअघि अस्पतालहरूले कोभिड–१९ परीक्षण गर्ने गरेकाले पनि यहाँ संक्रमितको संख्या बढी देखिएको हो भनिन्छ ।
पछिल्लो समय भारतबाट नेपालीहरूका साथै भारतीय नागरिकहरूको आगमन बढेसँगै उनीहरूबाट संक्रमण फैलिरहेको हुन सक्ने संक्रामक रोग विशेषज्ञ र जनस्वास्थ्यविद्हरूको आकलन छ । कतिपय देशले भारती नागरिकहरुलाई प्रवेश निशेध गरेकाले उनीहरु नेपालको हवाई मार्गमार्फत विदेश जाने गरेकाले पनि नेपालमा संक्रमितको संख्या बढेको हुन सक्ने विज्ञहरुले बताएका छन् । चैत्र ६ गतेयता सीमा नाकाहरूमा १० हजार २७६ जनाको नमुना परीक्षण गरिएकोमा ५३४ जनामा संक्रमण देखिएको मन्त्रालयको तथ्यांकछ । मङ्गलवारमात्रै सीमा प्रवेश गर्ने ८१७ जनालाई परीक्षण गरिएको र ५७ जनामा सङ्क्रमण देखिएको थियो ।
भारतबाट नेपालीहरूका साथै भारतीय नागरिकहरूको आगमन बढेसँगै उनीहरूबाट संक्रमण फैलिरहेको हुन सक्ने संक्रामक रोग विशेषज्ञ र स्वास्थ्यविद्हरूको आकलन छ । कतिपय देशले भारती नागरिकहरुलाई प्रवेश निशेध गरेकाले उनीहरु नेपालको हवाई मार्गमार्फत विदेश जाने गरेकाले पनि नेपालमा संक्रमितको संख्या बढेको हुन सक्ने विज्ञहरुले बताएका छन् ।
नेपालमा कोरोना भाइरस संक्रमणको पछिल्लो लहरको असर देशका विभिन्न स्थानमा देखिन थालेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ । गत एक साताभित्र काठमाण्डौंमा सबैभन्दा धेरै आठ सयभन्दा बढी संक्रमित देखिएका छन् भने भक्तपुर, कास्की, बाँके र रूपन्देही जिल्लामा एक सयभन्दा धेरै सङ्क्रमित फेला परेका छन् । संक्रमणको दृष्टिकोणले कुनै बेला ‘हटस्पट’ को रूपमा चिनिएको प्रदेश नं २ को पर्सा जिल्लामा पनि केही दिनयता सङ्क्रमण बढ्दो क्रममा रहेको पाइएको छ । गत एक साताभित्र पर्सामा ८७ जना सङ्क्रमित फेला पारिएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।
मोरङमा ७१, चितवनमा ५६, कैलालीमा ५३ र दाङमा ५१ जना सङ्क्रमित एक साताभित्र फेला परेका छन् । पाँचथर, जाजरकोट, अछाम, मुगु लगायत केही जिल्लामा भने एक÷एकजना सङ्क्रमित फेला परेको मन्त्रालयको विवरणमा उल्लेख छ । स्वास्थ्य मन्त्रालय र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अधिकारीहरूका अनुसार पछिल्लो समय सङ्क्रमितहरू बढेसँगै अस्पताल भर्ना हुने बिरामीको सङ्ख्या पनि बढ्दो क्रममा पाइएको छ । एक साताभित्र सबैभन्दा बढी लुम्बिनी प्रदेशमा ५२ जना आईसीयूमा भर्ना भएका छन् भने वाग्मती प्रदेशमा दोस्रो बढी ४१ जना आईसीयूमा उपचाररत रहेको मन्त्रालयद्वारा मङ्गलवार सार्वजनिक विवरणमा उल्लेख छ ।


