मुख्यमन्त्री शाहीको पद जोगाइदिनेलाई मन्त्री उपहार

मुख्यमन्त्री शाहीको पद जोगाइदिनेलाई मन्त्री उपहार तरुण खबर ५ बैशाख २०७८, आईतवार ०९:५६
मुख्यमन्त्री शाहीको पद जोगाइदिनेलाई मन्त्री उपहार

एमालेद्वारा विपक्ष पार्टीलाई मतदान गर्ने सांसदलाई निलम्बन
काठमाडौं । फ्लोर क्रस गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगाइदिने नेकपा एमालेका तीन जना प्रदेशसभा सदस्यलाई मन्त्री बनाउँदै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शाहीले नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातवरणमन्त्री नियुक्त गरेका थिए । एमालेका प्रदेशसभा सदस्यहरू बुढा, थापा र शाहीका साथै प्रकाश ज्वालाले फ्लोर क्रस गर्दै मुख्यमन्त्री शाहीलाई मत दिएका थिए ।

संसदीय राजनीतिमा विक्रिति फैलाउने व्यक्तिहरुलाई पुरस्कृत गरिनु संसदीय व्यवस्थामाथिकै चुनौती भएको प्रधानमन्त्री केपी शर्मा ओली निकट एक नेताले ज्वाला भने महाधिवेशन आयोजक कमिटी सदस्य हुनु भएकाले कारबाहीको सिफारिस गरिएको छ ।’
आफ्नो नाम उल्लेख नगर्ने सर्तमा भने । ३९ सदस्यीय प्रदेशसभामा माआवादी केन्द्रका १२ प्रदेशसभा सदस्य छन् । नेपाली कांग्रेसका ६ प्रदेशसभा सदस्यको समर्थन पाएका शाहीसँग बहुमत पुगेको थिएन । तर एमालेका चार प्रदेशसभा सदस्यले पार्टी हृवीप उल्लंघन गर्दै शाहीलाई मत दिएर शाहीको सरकार जोगाएका थिए ।

नेकपा एमाले कर्णाली प्रदेश कमिटीले फ्लोर क्रस गर्ने तीन जनालाई कारबाही गरेको छ । प्रदेश कमिटीको शनिबार बसेको बैठकले अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढालाई पार्टीको साधरण सदस्य नरहने गरी निष्कासन गरेको हो । ‘उहाँहरु प्रदेश कमिटी मातहतको कमिटीमा रहनु भएकाले प्रदेश कमिटीले नै कारबाही गरेको छ,’ नेता यमलाल कँडेलले भने, ‘प्रकाश ज्वाला भने महाधिवेशन आयोजक कमिटी सदस्य हुनु भएकाले कारबाहीको सिफारिस गरिएको छ ।’